काठमाडौँ । लामो समय नेपाली पत्रकारिता गरेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने घोषणा गरेका छन् । मंगलबार राष्ट्रियसभा गृहमा नयाँ पार्टी घोषणा गर्दै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

चन्दाको गन्धा धन्धा आफ्नो पार्टीले नगर्ने वताएका हुन्न । उनले मंगलबार पार्टी घोषणा सभाको क्रममा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । लामिछानेले मंगलबार नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । पार्टी घोषणा कार्यक्रमको आर्थिक प्रवन्धका लागि पनि कुनै व्यवसायीहरूसँग चन्दा नमागेको बताए ।

यस क्रममा उनले आफ्नो पार्टीको अवधारणा पनि सार्वजनिक गरेका थिए । उनले आफ्नो पार्टीको भ्रातृ संगठनहरू नहुने पनि घोषणा गरेका थिए । साथै यस पार्टीले प्रत्यक्ष प्रधानमन्त्री र मुख्यमन्त्री अवलम्वन गर्ने लामिछानेले बताए । सरकारले आगामी मंसिरमा संघीय र प्रदेश निर्वाचनको तयारी गरिरहँदा लामिछानेले टेलिभिजन पत्रकारिता छाड्दै राजनीतिमा प्रवेश गरेको औपचारिक घोषणा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय