काठमाडौँ । सत्तारुढ गठबन्धनले संसद्मा विचाराधीन नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदीय प्रक्रियामा लैजाने निर्णय गरेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधिसभामा पेस गरेको थियो । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई दिने अंगीकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन । निकै लामो समयपछि सम्मानीय प्रधानमन्त्रीज्युको अध्यक्षमा गठबन्धनको बैठक बस्यो ।
विकसित घटनाक्रमको बारेमा छलफल भयो । मूलरुपमा प्रधानमन्त्रीले नागरिकता विधेयक अघि बढाउन प्रस्ताव गर्नुभएको थियो, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, आजको बैठकमा नागरिकता विधेयकलाई अघि बढाउने र शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडै निष्कर्षमा पुर्याउने बारेमा छलफल केन्द्रित भएको थियो । नागरिकता विधेयकमा केही प्रक्रियाहरु हुन बाँकी रहेको छ र त्यसलाई चाँडै पूरा गरेर प्रस्तुत हुन्छ ।
मन्त्री कार्कीले अहिले हाम्रो समाजमा बुबा नागरिक आमा नागरिक हुने तर उनीहरुको सन्तान नागरिकताविहीन भइरहेकाले यसलाई अन्त्य गर्न नागरिकता विधेयक अघि बढाउने निर्णय भएको बताए । मन्त्री कार्कीका अनुसार शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याएर विषयमा छलफल भएको छ । ुत्यसमा कानुनमन्त्रीले शान्तिप्रक्रियाको बारेमा अहिलेसम्म भएको कामको बारेमा बुँदागत रुपमा र समीक्षात्मक रुपमा प्रस्तुत गर्नु भएको छ कार्कीले भने । कान्तिपुर
