काठमाडौं । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगरे दलको नाम फेर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वताएका छन ।
काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्ने बताएका हुन्न ।
उनले भने, ‘हामीलाई विश्वास छ निर्वाचन आयोगले मान्यता दिनुपर्छ, दिएन भने अर्को तयारी छ ।’ पत्रकार सम्मेलनमा प्रवक्ता मुकुल ढकालले दल दर्ता ऐन अनुसार आफूहरुको दल दर्ता हुने र नाम परिवर्तन गर्नु परेमा फेरि घोषणा सभा नहुने स्पष्ट पारे । दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राख्दा स्वतन्त्र उम्मेदवार बन्नेहरुप्रति अन्योल हुने भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
