काठमाण्डौ । गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । निर्वाचन आयोगले आज मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार कांग्रेसले ६ हजार सात सय ४३ वडाबाट ३९ लाख ५६ हजार एक सय ९३ मत प्राप्त गरेको छ । आयोगको तथ्याकअनुसार यो कुल मतको ३४ दशमलव २८ प्रतिशत हो ।

यस्तै नेकपा एमालेले कांग्रेसभन्दा एक लाख ४४ हजार पाँच सय ९१ मत कम पाएको आयोगको तथ्याङ्कमा उल्लेख छ । एमालेले खसेको मतमध्ये ३८ लाख ११ हजार ६ सय दुई मत पाएको छ । यो कुल मतको ३३ दशमलव ०३ प्रतिशत हो ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले एमालेले पाएको मतभन्दा आधा मत पनि पाउन नसकेको आयोगको तथ्याङ्कले देखाउँछ । माओवादीले १५ लाख तीन हजार दुई सय ४७ मत पाएको छ । उज्यालोबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय