दार्चुला : नेपाल निजामती कर्मचारी युनियन दार्चुलाका अध्यक्ष बीरेन्द्र सिंह धामीले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाप्रति आक्षेप लगाएका छन् । युनियनका अध्यक्ष धामीले सामाजिक सन्जाल फेसबुकमार्फत पूर्वमन्त्री ठगुन्नालाई लक्षित गर्दै आक्षेप लगाएका हुन् । पछिल्लो समय सामाजिक संजालमा कर्मचारी सरुवाबारे कार्यकर्ताहरुले अरुलाई आच्छेप लगाउने कुरा गरेकोमा आफूले समग्र भोगाइ र तीतो यथार्थलाई बहसको विषय बनाउन खोजेको अध्यक्ष धामीले बताए । उनले खासगरी संघीय निजामती सेवा ऐनबारे भएका प्रक्रिया र कामबारे बोलेको बताएका छन् ।
उनले लेखेका छन् – ̔सघीय निजामती सेवा ऐन आउनु पथ्र्यो, आएन् । जुन हामीले आशा गरेका थियौ । यसमा सबैभन्दा बढी जिम्मेवार सामान्य प्रशासन मन्त्री ज्यू हुनुहुन्छ । के गर्नु भो प्रश्न गर्न चाहन्छु । तपाईंले मस्यौदाको म बाहेक के गर्नु नै भो र सिवाय सरुवा गर्न बाहेक तपाइको स्वर्णिम कार्यकालमा । तपाई नै हो जुन कानून पालना गर्ने ठाउँमा हुनुहुन्थ्यो पदाधिकार हुनुहुन्थ्या,े त्यसैको बर्खिलाफ हुने गरि मनपरीतन्त्रले निजामती सेवा ऐन विरुद्ध एकै वर्षमा पाँच÷पाँच पल्ट कर्मचारीहरुको सरुवा गर्ने ! यो कुन कानूनमा छ लेखेको । हामीले थाहा पाउने अधिकार छ । यस्तै काम गर्नलाई दार्चुलाबासीले दश दश वर्ष सासंद, मन्त्री बनाएको हो ? म त भुली सकेको थिए तर तपाइका पट्टि लगाएका शुभ चिन्तकहरुले कहि कतै प्रश्न गरेको देखे सरुवा सम्बन्धमा ।
सत्य के हो ? मलाइ नि थाहा छ, सत्य एक न एक दिन बाहिर आउँछ तपाईंलाई नि थाहा होला । अब धेरै भयो सत्य बोलौँ सत्य के हो भनेर बताऔँ । यस्तो मेरो बारेमा के लेख्यो भनेर आवेगमा आउनु होला । राष्ट्रसेवक हामी जहाँ नि काम गर्न सक्षम छौ, जहाँ सरुवा हुदा नि फरक पदैन् । मात्र कानूनसम्मत त हुनुपर्यो । कसले के गर्यो भन्दा नि मैले के गरे भन्ने कुरा ठूलो हुन्छ, महत्वपूर्ण हुन्छ ।’
पूर्व सामान्य प्रशासन मन्त्री ठगुन्नालाई केही आरोप लगाइएका छन् । कर्मचारी समायोजन ऐन अनुसार पदस्थापन भएको दुई वर्षसम्म सरुवा गर्न नमिल्ने प्रावधानमा पनि मन्त्रीले छोटो अवधिमै कर्मचारी सरुवा गरेको आरोप अध्यक्ष धामीको छ । मन्त्रालय सम्हालेका बेला मन्त्री ठगुन्नाले आफैलाई ५ पटक सरुवा गरेको बताए । साथै उनले आफ्नो जिल्लाले मन्त्री पाउँदा यँहाका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन कार्यविधि बनाउँदा निजामती सेवाको प्रशासन सेवालाई नै ध्वस्त गर्ने गरी कार्य विधि बनाइएको आरोप दोहर्याए । उनले यसबारे आफू खुला बहस गर्न तयार रहेकोसमेत बताएका छन् । dfm
