दार्चुला : नेकपा एमाले दार्चुलाले प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनको लागि प्रदेश सभातर्फ क्षेत्र नम्बर १ र २ बाट ७ जनाको नाम सिफारिस गरेको हो । प्रदेश सभा क्षेत्र नम्बर २ बाट एमाले पूर्व अध्यक्ष रामदत्त जोशीलाई सर्वसम्मत सिफारिस गरिएको नेकपा एमाले दार्चुलाका उप–सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडालले जानकारी दिए ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ लागि भने ६ जनाको नाम सिफारिस गरिएको छ । यँहा हरदेव जोशी, मोहन सिंह धामी, शेरसिंह धामी, उदय सिंह बडाल, गेल्बु सिंह बोहरा र राजेन्द्र सामन्त सिफारिसमा परेको बडालले बताए । २०७४ को प्रदेश सभा निर्वाचनमा तत्कालिन बाम गठबन्धनबाट गेल्बु सिंह बोहरा विजयी भएका थिए । उनले पुनः चुनाव लड्ने चासो देखाएका छन् । एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि गणेश सिंह ठगुन्नालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय