दार्चुलाः अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्र दार्चुलाले उम्मेदवार सिफारिस गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेशको धनगढीमा आज बसेको जिल्ला समन्वय समिति दार्चुलाको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार सिफारिस गरेको हो ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक तर्फ जिल्ला समन्वय समितिले प्रस्ताव गरेका केन्द्रिय सदस्य लक्ष्मण दत्त जोशी, ललित सिंह ठगुन्ना, लक्ष्मी विक र जिल्ला संयोजक मानबहादुर धामीलाई जिम्मेवारी दिने निर्णय गरी उम्मेदवार सिफारिस गरेको समितिका सचिव पदम राज पन्तले जानकारी दिनुभयो । माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यका लागि दार्चुला जिल्लाबाट प्रत्यक्ष तर्फ केन्द्रीय सदस्य लक्ष्मण दत्त जोशीलाई सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फबाट तिन जनाको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ महिलामा मन्जु बम, अपाङ्गमा दिपेन्द्र विष्ट र खसआर्यमा दिपक जोशीलाई सिफारिस गरेको छ ।

माओवादी केन्द्रले प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्मला बडाल जोशी, प्रदेशसभा क्षेत्र नम्बर २ बाट मानबहादुर धामी सन्तोषलाई सिफारिस गरेको सचिव पन्तले जानकारी दिनुभयो । प्रदेशसभाको समानुपातिक तर्फ दलित महिलामा लक्ष्मी विक, महिला सहिद परिवार लिला कुवँर महिलामा गंगा कुमारी महत्तरा, गीता ठगुन्ना, हरमती ठगुन्ना र दलितबाट केशव विकलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय