काठमाडौं : आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका इन्जिनियरद्वय सागर ढकाल र महेश सिंह धामी करिब एक महिने गाउँ अभियान पछि चुनावी घोषणापत्र लेखनमा जुटेका छन ।
बिस्वका प्रतिष्ठित बिश्वबिद्धालयहरुमा अध्यन अनुसन्धान गरेका ढकाल र पुल्चोक इन्जिनियर क्याम्पस हुदै भारतको शारदा बिश्वबिद्धालयमा स्नातकोत्तर अध्यन संगै अनुसन्धान गरेका धामी मुलत बिकासलाई केन्द्रबिन्दु बनाई जनताका भावना हरु समेटी घोषणपत्र लेखनमा ब्यस्त छन् ।
डिजिटल युगको युवा पुस्ता निराशाको ब्ल्याक होलमा छिरेको जस्तो देश छोडेर भाग्न आतुर भएको सन्दर्भमा युवा हरु जगाउनको निम्ति ४० मुनिको प्रधानमन्त्री बनाई २ दशक भित्र देशलाई समृद्ध बनाउने खाका तयार पारी रहेका छन् ।
त्यस्तै बिकासका निम्ति सम्बन्धित मन्त्रालय / क्षेत्रमा सम्बन्धित विषयका बिज्ञ अर्थात right man in right place को अवधारणालाई अगाडी सारीरहेका छन्।
यो देशको माटो बुझेका स्थानीय आवश्यकता र भावना बुझेका कम्तीमा ५०० जना स्थानीय बुद्धिजीवी देशको समग्र परिवेश बुझेका कम्तीमा ५०० जना रार्ष्ट्रिय र विश्व परिवेश र विश्व बुझेका कम्तिमा ५०० जना अन्तर्राष्ट्रिय बिज्ञहरु सम्मीलित बिस्वस्तरको अनुसन्धान गर्ने बिश्वबिद्धालय स्थापना गर्दै निति निर्माण गरे मात्रै सफल हुने एजेन्डा अगाडी सारीरहेका छन् । आध्यात्मिक रुझान भएका दुबै जना योग ध्यानको विषय पनि समेटी रहेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय