गोकुलेश्वर: चुनावको बेला मात्रै नेकपा एमालेका अध्यक्ष केपि ओली राष्ट्रबादी हुने तथा अरुबेला लम्पसार हुने गरेको पुर्वप्रधानमन्त्री एवं नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाउनु भएको । लोकतान्त्रिक बाम गठवन्धनको चुनावी सभालाइ बुधबार गोकुलेश्वरमा सम्बोधन गर्दै दाहालले सो आरोप लगाउनु भएको हो ।  दाहालले एमाले पाट्रीलाई बैमानीको संज्ञा दिदै ओली कम्पनीको छलकपटमा नपर्न नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । साथै अध्यक्ष दाहालले शान्ती सम्झौता देखी नै नेपाली कांग्रेस र माओबादी केन्द्रको गठबन्धन भएको बताउदै उहाले अहिलेको गठबन्धन संविधान र गणतन्त्र रक्षाका लागि प्राकृतिक गठबन्धन भएको बताउनुभयो । सबै दलको सहमतिमा चुच्चे नक्सा जारी भएको भन्दै अध्यक्ष दाहालले केपि ओलीको भ्रममा नपर्न आग्रह गर्नुभयो । साथै उहाले कञ्चनपुरको ब्रहमदेव देखी दार्चुलाको तिंकर भञ्ज्याङ सम्म जोड्ने महाकाली करिडोरलाई पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अध्यक्ष दाहालले पनि गठबन्धनका सबै उम्मेदवारलाई जिताएर पठाउन मतदाताहरुलाई आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय