गोकुलेश्वर:  एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा हुँदा संसद् विघटन बाहेक अरु कुनै काम गर्न नसकेको दार्चुलाबाट प्रतिनिधिसभा पदका उम्मेदवार दिलेन्द्र प्रसाद बडूले आरोप लगाउनु भएको छ । बुधबार लोकतान्त्रिक वाम गठवन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार बडूले सो आरोप लगाउनु भएको हो । राष्ट्रिय एकता भएको बेला ओली सरकारले भारत संग कुटनितिक पहलको थालनी समेत नगरेको उहाले बताउनुभयो । साथै उम्मेदवार बडूले अहिलेको गठबन्धन चुनावी गठबन्धन मात्रै नभई शान्ति विकास र स्थायित्वका लागि भएकाले गठबन्धनका सबै उम्मेदवारहरुलाई विजयी गराउन मतदातामा आग्रह गर्नु भएको छ । गठबन्धनले जिते मात्रै देश र जिल्लाको विकास सम्भव भएको भन्दै उहाले गठबन्धनलाई जिताउन मतदातालाई आग्रह गर्नु भएको छ । एमालेले जितेर १० वर्ष सम्म कुनै पनि विकास निर्माणका कामहरु गर्न नसकेको भन्दै उहाले अब गठबन्धनलाई जिताउन आवश्यक रहेको उम्मेदवार बडूले बताउनुभयो । बृहत चुनावी आमसभामा जिल्ला भरीका आम जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय