दार्चुला । प्रदेश सभा क्षेत्र नं. १(क) का प्रत्यक्ष स्वतन्त्र उम्मेदवार शंकर सिह धामीको पक्षमा अहिले जनलहर बढ्न थालेको छ । युवाहरुको चाहना अनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाउदै आएका धामीको पक्षमा अहिले जनलहर बढ्न थालेको देखिएको छ ।
आफ्नो चुनावी क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै स्वतन्त्र उम्मेदवार रहेका शंकर सिह धामी आफू युवाहरुको सच्चा प्रतिनिधि भएकाले पनि जनलहर बढ्न थालेको बताएका छन । यस अगाडि राजनीतिक दलहरुले आकर्षक नारा मात्रै दिएको, चुनावमा प्रतिबद्धता गर्ने र जनचाहना अनुसार काम नगर्ने लगायतका गुनासो युवाहरुमा आफूले पाएकोले पनि यो पटक युवाहरुले आफुलाई साथ दिने उहाँले बताउनु भएको छ । प्रदेश सभा क्षेत्र नं १(क) क्षेत्रमा पर्ने विभिन्न स्थानीय तहका गाउँबस्तीमा पुग्दा युवाहरुको उत्साहजनक साथ प्राप्त भएको उहाँले बताउनु भयो । युवाहरु कुनै पनि दलको झोला बोकेर हिड्न नहुने र परिवर्तनको पक्षमा लाग्नुपर्ने स्वतन्त्र उम्मेदवार धामीको भनाइ रहेको छ ।
‘हामी युवाहरु कुनैपनि दलको दासी होइनौं । हामीले स्वविवेकले हरेक निर्णय गर्न सक्छौं । अब हामी स्वतन्त्र भएर परिवर्तनको पक्षमा लड्न आवश्कय छ,’ उनले भन्नु भयो । यस पटकको चुनावमा दलभन्दा माथि उठेर स्वतन्त्र उम्मेदवारलाई विजयी गराउन पनि धामीले आग्रह गरेका छन ।
स्वतन्त्र उम्मेदवार धामीले बलफ चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्दैछन् ।चुनाव मिति नजिकिएसँगै धामी जनताको घरदैलो अभियानमा व्यस्त छन् । ‘जनताबाट प्राप्त उत्साहजनक साथ र सकारात्मक प्रतिक्रियाले म निकै उत्साही भएको छु,’ उहाँले भन्नु भयो ‘परिवर्तनका पक्षमा जनताको मत यस पटक प्राप्त हुनेछ । बलफमा जनताले अत्याधिक मत दिनेमा आफु विश्वस्त रहेको बताएका छन ।
हामी अन्य दलहरुका विरुद्धमा आरोप प्रत्यारोप नगरी आफ्ना चुनावी एजेण्डा सहित प्रचारमा लागेका छौ’, स्वतन्त्र उम्मेदवार धामीले भने आफुसंगैका प्रतिस्पर्धि उम्मेदवारहरु हावा गफ गर्ने, एक अर्काको कुरा काट्ने गर्छन्। तर म साधारण परिवारको व्यक्ति निष्ठावान भएर काम गर्न आएको स्वतन्त्र उम्मेदवार शंकर सिह धामीको भनाइ रहेका छन । उनले सबैले खोजेको र रोजेको आफू जस्तै नै उम्मेदवार भएको भन्दै प्रदेश क्षेत्र नं. १(क) का मतदाताले आफ्नो एजेण्डा र प्रतिवद्धता सुनेर देखेर भोट दिने जिताउने बताएका छन ।
स्वतन्त्र उम्मेदवार शंकर सिह धामीको टोली गत असोज २३ गते मनोनयन पत्र दर्ता गरेदेखि निरन्तर रुपमा घरदैलो गदैँ आएको छ । मालिकार्जुन मन्दिरको पुण्य भुमिबाट सुरु गरेको घरदैलो अभियान अहिले महाकाली नगरपालिका वडा नं १ क्षेत्रमा पुगेको छ । हाल सम्म जिल्लाको व्यासँ दुहुँ लेकम तथा मालिकार्जुन गाउँपालिका क्षेत्रका वडा वडा बस्ती बस्तीमा पुगेर युवा बृद्धबृद्धाहरुको मन जितेका छन । शुक्रबार आज महाकाली नगरपालिका वडा नं १ क्षेत्रमा पर्ने कलौन,श्रीबगड, मलेरा ओखल कौउतोली, दह काटौजे छापरी हुदै आज बेलुकी धम्पनेरा बास बस्ने शंकर सिह धामी जिताऔ अभियानले जनाएको छ ।
