दार्चुला : आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका दार्चुलाका ५ वटै क्याम्पसहरुमा नेपाल विद्यार्थी संघले मनोनयन दर्ता गरेको छ । जिल्लाको अपिनाम्पा क्याम्पस हुती, राष्ट्रिय क्याम्पस दत्तु, शंकरपुर क्याम्पस पस्ती, कृष्ण स्नातक क्याम्पस लाली र लटिनाथ क्याम्पस मार्मामा मनोनयन दर्ता गरिएको हो । नेविसंघले दत्तु स्नातक क्याम्पसमा सरोज सिंह ग्वाइलाको अध्यक्षतामा मनोनयन दर्ता गराएको छ ।

संघले सचीवमा लक्ष्मी भट्ट, कोषाध्यक्षमा पुजा चैसिर र सदस्यहरुमा गजेन्द्र सिंह भाट, भागरथी कार्की, र दुर्गा भाटको मनोनयन गराएको छ । नेविसंघले लटिनाथ क्याम्पस मार्मामा जनक सिंह विष्टको अध्यक्षतामा मनोनयन दर्ता गराएको छ । जसमा सचिव अनिल सिंह ठगुन्ना, कोषाध्यक्ष सरस्वती भट्ट र सदस्यहरुमा दर्शना सिंह, गंगा बोहरा र कबिता विष्टको मनोनयन रहेको छ ।

यस्तै शंकरपुर स्नातक क्याम्पसमा एकेन्द्र सिंह धामीको अध्यक्षतामा मनोनयन दर्ता गरिएको छ । सचिवमा करिश्मा चन्द, कोषाध्यक्षमा ललित सिंह धामी यस्तै सदस्यमा चांदनी चन्द, निर्मला धामी र गुड्डी जोशीको मनोनयन दर्ता भएको छ भने कृष्ण स्नातक क्याम्पस लालीमा विनोदराम टमटाको अध्यक्षतामा मनोनयन दर्ता गरिएको नेपाल विद्यार्थी संघ दार्चुलाले जनाएको छ । लाली क्याम्पस सचिवमा भुवन जोशी, कोषाध्यक्ष गिता चन्द, सदस्यमा हर सिंह भाट, भावना धामी र बिनोद सिंह विष्ट रहेका छन् । जिल्लाको अपिनाम्पा क्याम्पस हुतीमा नेविसंघको मात्रै मनोनयन दर्ता भएको छ । शनिवार नेपाल विद्यार्थी संघले शेखर बहादुर बमको अध्यक्षतामा मनोनयन गराएको हो । त्यहाँ सचिवमा नवीन धामी, कोषाध्यक्ष किरण राज बडू, सदस्यहरुमा बिना खाती, रेना कुँवर र मनिषा टमाटाले निर्वाचनका लागि मनोनयन दर्ता गराएको नेविसंघ दार्चलाका कार्यवाहक अध्यक्ष शुरेन्द्र बहादुर बमले बताए ।

हुतीमा एक विद्यार्थी संगठनको मात्रै मनोनयन परेकाले स्वतः विजयी घोषणा हुनेछन् । दार्चुलामा शिक्षा क्षेत्र र विद्यार्थीका पक्षमा गरेका रचनात्मक क्रियाकलापको आधारमा नेविसंघले जित्ने उनले दावी गरे । दार्चुलामा नेविसंघले एक्लै स्ववियु निर्वाचन लडिरहेको छ भने अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त प्यानल बनाएर निर्वाचन लड्ने भएका छन् । उनीहरुले संयुक्त रुपमा मनोनयनसमेत दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय