काठमाडौं : राष्ट्रपति निर्वाचनका सन्दर्भमा गठन भएको नयाँ समीकरणमा आबद्ध दलहरूको बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा चैत ३ को उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल केन्द्रित भएको जनाइएको छ। गठबन्धनबाटै ३ जनाको उम्मेदवारी परे पनि जनता समाजवादी पार्टीकी प्रमिला यादवले उम्मेदवारी फिर्ताको घोषणा गरिसकेकी छिन्। जसपाकै रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झाको उम्मेदवारी कायम रहेपछि गठबन्धनमा आबद्ध दल मतदानमा विभाजित हुने परिस्थिति देखिएको छ।त्यसले राम्रो सन्देश नजाने भन्दै दलहरुले एउटा उम्मेदवार बनाउन प्रयास गरेका छन्।             ADD

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय