दार्चुला । नेपाल विद्यार्थी संघ दार्चुलाले स्वतन्त्र विद्यार्थी युनियनको चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । बिहीवार काँग्रेस पार्टी कार्यालयमा नेविसंघका विद्यार्थी नेता तथा स्ववियु उम्मेदवारहरुको उपस्थितिमा पत्रकार सम्मेलनमार्फत घोषणा–पत्र सार्वजनिक गरिएको हो । नेविसंघलेS सार्वजनिक गरेको घोषणापत्रमा विद्यार्थी हकहित र शैक्षिक गुणस्तर सुधारका संकल्प अघि सारिएको छ ।
जारी घोषणापत्रको शीर्ष भागमा आन्दोलनको उपलब्धीस्वरुप शिक्षा मौलिक हकका रुपमा स्थापित भएको तथा यसको अक्षरस कार्यान्वयनका लागि निरन्तर दबाब र खबरदारी गर्ने उल्लेख छ । घोषणपत्रमा नेविसंघलाई किन मतदान गर्ने भनेर उल्लेख गरिएको छ– ‘खुल्ला प्रतिस्पर्धामार्फत योग्यता र प्राज्ञिक श्रेष्ठताका आधारमा नियुक्ति गर्ने परिपाटिका लागि, विषयवस्तु भन्दा फरक ज्ञानका लागि सबै क्याम्पसमा स्ववियु पुस्तकालय निर्माण गर्न र क्याम्पसहरुमा भएका पुस्तकालयमार्फत विद्यार्थीहरुलाई कोर्ससंग सम्बन्धित लगायत सन्दर्भ पुस्तकहरु शत प्रतिशत रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन पहल गर्न, जातिय र लैंगिक भेदभाव, महिला हिंसा, बालविवाह, दाइजो, बहूविवाह, छाउपढी, लागू औषध दुव्र्यसनलगायत सामाजिक विकृति विसंगतिकाविरुद्ध स्ववियु जागरण अभियानको थालनी गर्न, शैक्षिक संस्थाको निरीक्षण अनुगमन, नियमन, व्यवस्थापन र मुल्यांकन प्रणालीलाई प्रभावकारी बनाउन, क्याम्पसका भौतिक संरचना आधुनिक र प्रविधियुक्त बनाउन ।’
नेविसंघले माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउने र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ बनाउन पहलको अठोट लिएको छ । नेपाल विद्यार्थी संघ दार्चुलाका कार्यबाहक अध्यक्ष सुरेन्द्र बहादुर बमको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमार्फत उपाध्यक्ष दिपक खातीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवं दार्चुला बहुमुखी क्याम्पसका प्रथम स्ववियु अध्यक्ष हरक सिंह विष्टको सहभागिता रहेको थियो । चैत ५ गते त्रिभुवन विश्वविद्यालय र चैत ८ गते सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचन हुदैछ ।
यस्ता छन् घोषणा गरिएका प्रतिवद्धता
–हाम्रो आन्दोलनको उपलब्धी स्वरुप शिक्षा मौलिक हकका रुपमा स्थापीत भएको छ । यसको अक्षरस कार्यान्वयनका निमित्त निरन्तर दबाब र खबरदारी गर्न ।
–खुल्ला प्रतिस्पर्धा मार्फत योग्यता र प्राज्ञिक श्रेष्ठताका आधारमा नियुक्ति गर्ने परिपाटिका लागि ।
–जिल्लामा त्रिभुवन विश्वविद्यालयका लागि दुई र सुदूरपश्चिम विश्वविद्यालयका लागि थप तीन क्याम्पस आंगिक बनाउन पहलका लागि ।
–विषयवस्तु भन्दा फरक ज्ञानका लागि सबै क्याम्पसमा स्ववियु पुस्तकालय निर्माण गर्न र क्याम्पसहरुमा भएका पुस्तकालयमार्फत विद्यार्थीहरुलाई कोर्ससंग सम्बन्धित लगायत सन्दर्भ पुस्तकहरु शत प्रतिशत रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन पहल गर्न ।
–जातिय र लैंगिक भेदभाव, महिला हिंसा, बालविवाह, दाइजो, बहुविवाह, छाउपढी, लागू औषध दुव्र्यसन लगायत सामाजिक विकृति विसंगतिकाविरुद्ध स्ववियु जागरण अभियानको थालनी गर्न ।
–शैक्षिक संस्थाको निरक्षण अनुगमन, नियमन, व्यवस्थापन र मुल्यांकन प्रणालीलाई प्रभावकारी बनाउन ।
विद्यार्थीमा शिक्षा संगै असल आहार, व्यवहार, आचरण र संस्कार निर्माणका लागि व्यक्तित्व विकासका कार्यक्रमसहित सबै क्याम्पसमा स्ववियुलाई विद्यार्थी हकहित र अधिकारको पक्षमा काम गर्ने र राष्ट्रका लागि असल नेतृत्व उत्पादन गर्ने Leadership Grooming School थलोको रुपमा विकसित गर्न ।
–क्याम्पसका भौतिक संरचना आधुनिक र प्रविधि युक्त बनाउन ।
–विद्यार्थीमा अन्तरनिहित सिर्जनशिलता प्रस्फुटन तथा प्रबद्धन गर्ने अभियान सञ्चालन गर्न ।
–सामुदायिक क्याम्पसहरुको सुदृढीकरण तथा व्यवस्थित गर्नका निमित्त विश्वविद्यालय अनुदान आयोगको अनुदान र सहायता अभिवृद्धिका लागि पहल गर्ने ।
–हाम्रो अगुवाइमा प्राप्त गरेका यातायात स्वास्थ्य उपचार सहुलियतको प्रभावकारी कार्यान्वयन गर्न ।
–आपतकालिन समयमा रगतको आपूर्ती गर्न विद्यार्थीहरुको ब्लड ग्रुप पहिचान गरी स्ववियु रक्तदान अभियानको थालनी गर्न ।
–राजनितिक रुपमा विभक्त भएको समाजमा आपसी सद्भाव कायम गर्न सामाजिक सद्भावका लागि स्ववियु भन्ने अभियान थालनी गर्न ।
–क्याम्पसको गेटबाट भित्र छिर्दा भत्केका शौचालय, फर्निचर विनाका कक्षाकोठा, विषयगत प्राध्यापक बिनाका कक्षा, पुस्तक विनाका पुस्तकालय र दलिय आडमा भर्ना गरिएका प्राध्यापक तथा कर्मचारी नदेख्नका लागि ।
–विद्यार्थीको बहुआयामिक प्रतिभा विकासका लागि व्यक्तित्व विकास, नेतृत्वकला, सञ्चार सीप, देशभक्ति, विपद व्यवस्थापन, निर्णय क्षमताको विकास, द्धन्द्ध व्यवस्थापन, उद्यमशिलता र विद्यार्थीको आलोचनात्मक र विष्लेषणात्मक चेतको विकास गर्ने जस्ता विषयमा कार्यक्रम सञ्चालन गर्न ।
–खेल सप्ताह, साहित्य महोत्सव, कलाकारिता पर्दशन, वाक र उद्घघोषण कला लगायत विद्यार्थीको क्षमता उजागर गर्न बहुआयामिक प्रतिभाका लागि स्ववियु कार्यक्रम नियमित सञ्चालन गर्न ।
–सैद्धान्तिक ज्ञानका साथै विद्यार्थीले अध्ययन गरेको विषयमा व्यवहारिक ज्ञान हासिल गर्न अध्ययनको विषयसंग सम्बन्धित सेवा प्रवाह गर्ने सरकारी, नीजि र गैरसरकारी कार्यालयसंग समन्वय गरी Internship गराएर विद्यार्थीमा निपूणता ल्याउन ।
बढ्दो साइवर अपराध न्युनीकरणका लागि स्ववियु सचेतना कार्यक्रम सञ्चालन गर्न ।
–शिक्षाप्रेमि पूर्व विद्यार्थी र दाताहरुको समूहमार्फत सहयोग संकलन गरी स्ववियु विपन्न शैक्षिक छात्रवृत्ति घुम्ती कोष स्थापना गरी आर्थिक विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई सहयोग र प्रोत्साहन गर्न र विश्वविद्यालयबाट प्राप्त हुने छात्रवृतिको कोटा र रकम वृद्धि गर्न ।
<span;>–विद्यार्थीमा आलोचनात्मक र विष्लेषणात्मक चेतनाको विकास गर्न स्ववियुमार्फत विचार विमर्श कार्यक्रम सञ्चालन गर्न ।
–क्याम्पस हाता भित्र प्राथमिक उपचार र विपद व्यवस्थापनका लागि सहयोग गर्ने उदेश्यका साथ मानवताका लागि हामी (we for humanity) भन्ने अभियानअन्तर्गत दक्षतासहितको rescue team सञ्चालन गर्न र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि क्याम्पसमै मासिक रुपमा निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन ।
–युवा विद्यार्थीमा बढ्दो आत्महत्या न्युनीकरण र तनावका कारण विद्यार्थीको मानसिक स्वास्थ्यमा आउने समस्या निराकरणका लागि motivational कक्षा सञ्चालन गर्न ।
–क्याम्पसहरुमा विश्वविद्यालयले तोकेको शुल्क घटाउन आवश्यक पहल गर्न
–विद्यार्थीलाई क्याम्पस संग सम्बन्धित आवश्यक सूचना प्रवाह गर्न आधुनिक सूचना प्रणालीको व्यवस्था मिलाउन ।
–क्याम्पसहरुमा शिक्षक विद्यार्थी मैत्रीपुर्ण वातावरण स्थापनामा पहल गरी शिक्षण कार्यलाई प्रभावकारी बनाउन उचित व्यवस्था मिलाउन ।
–क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि निशुल्क लोकसेवा, शिक्षक सेवा आयोग र अध्यापन अनुमति पत्रका कक्षाहरु सञ्चालन गर्न । ADD 
