दार्चुला । राष्ट्रिय क्याम्पस दत्तुको स्ववियु निर्वाचनमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको पुरै प्यानल विजयी भएको छ । कुल खसेको मत ७१ मध्ये नेपाल विद्यार्थी संघका उम्मेदवारहरुले आफ्नो पक्षमा बढी मत ल्याउदा प्यानलै विजयी भएको हो । दत्तुमा नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार सरोज ग्वाईलाको टिम विजयी भएको छ ।

सभापतिका उम्मेदवार ग्वाईलाले कुल खसेको मत ७१ मध्ये ३८ मत प्राप्त गर्दै विजयी भएका छन्, भने उनका प्रतिस्पर्धी नेकपा एमाले निकट गठबन्धनका उम्मेदवार मनिषा धामीले ३० मत प्राप्त गर्दै पराजित भएकी छन् । नेविसंघका स्ववियु सभापति ग्वाईलाले गठबन्धनका उम्मेदवार धामीलाई ८ मतले पराजित गरेका हुन् ।

दत्तुमा ८१ मतदाता रहेकोमा ७१ मत मात्रै खसेको थियो । दत्तु स्ववियु सचिवमा लक्ष्मी भट्ट, कोषाध्यक्षमा पुजा चैसिर निर्वाचित भएका छन्, भने भागरथी कार्की, गजेन्द्र भाट र दुर्गा भाट सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत एवं क्याम्पस प्रमुख रमेश चैसिरले जानकारी दिनुभयो । यसैबिच कृष्ण स्नातक क्याम्पस लालीमा गठबन्धनका साझा उम्मेदवार हेमन्ती जोशी स्ववियु अध्यक्षमा विजयी भएकी छन् ।

उनले कुल खसेको मत ६९ मध्ये ३६ मत प्राप्त गरेका थिए । यस्तै उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका विनोद टमटाले ३२ मत प्राप्त गरेका थिए । लाली क्याम्पसको सचिवमा गठबन्धनका जानकी जोशी, कोषाध्यक्षमा गठबन्धनकै ओमकार पाल विजयी भएका छन्, भने सदस्यहरुमा विप्लव निकटका भुवन जोशी र नेविसंघका गीता चन्द निर्वाचित भएका छन् । शंकरपुर स्नातक क्याम्पस पस्ती र लटिनाथ स्नातक क्याम्पस मार्मामा मतगणना जारी रहेको बताइएको छ । ADd

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय