भारत । भारत सरकारले नेपालको अतिक्रमित भुमी गुन्जी नावी कुटि क्षेत्रमा (आदि कैलाश,छोटी कैलाश,ॐ पर्वत,जोलोङकाङ) आज २०२४ अप्रील १ देखि एक दिवशिय हेलि दर्शन कार्यक्रम सुरु गरेको छ ।
स्काई वन कम्पनीको एक थान एम आई १७ हेलिकप्टर परिक्षणको लागि दिल्लीको रोहणि बाट २० जना यात्रु सहित उडान भरेर आदि कैलाश,छोटी कैलाश,ॐ पर्वत,जोलोङकाङ क्षेत्रमा दर्शनको लागि पर्यटक लिएर आज बिहान ९ बजे नैनी सैनी एअरपोर्ट पिथौरागढ पुगेको थियो ।
आजको हेलिकप्टर सेवाको सफल परिक्षणपछि १० अप्रील २०२४ देखि दैनिक रूपमा आदि कैलाश,छोटी कैलाश,ॐ पर्वत,जोलोङकाङ दर्शन गर्न जाने श्रदालु पर्यटकको लागी हेलिकप्टर सेवा उपलब्ध गराईने छ ।
पिथौरागढ जिल्लाको अन्तर्राष्ट्रिय सिमानाकाको रूपमा रहेको कुटि गुन्जी क्षेत्रमा पर्यटन गतिविधि बढाएर स्थानीय स्तरमा रोजगारी सिर्जना गरेर स्थानीयको जिवनस्तर माथी उठाउने उदेश्यले उत्तराखण्ड पर्यटन विभाग बाट हेलिकप्टर सेवा संचालन गरिदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय