जब हामी आमा शब्दको कदर अनि बुबाको कर्मप्रती सम्मान गर्छौ, तब हामिमा खासै कुनै कुराको अभाव हुदैन ।
आमाको निस्वार्थ मायाको जति पनि चर्चा, विश्लेषण गर्छौ यो एउटा शाब्दिक वयान मात्रै ह, सम्बन्ध विनाको सम्बन्ध भनेर आमाको सम्बन्धलाई बुझ्न सक्छौ ।
सम्बन्ध बिनाको सम्बन्ध यसमा कुनै स्वार्थ, मतलब, प्राप्ती र गुमाउने कुरा यसमा फिक्का देखिन्छ ।
यो सृष्टिमा निस्वार्थ माया गर्ने अनि हाम्रो प्रत्येक सुख को श्रेय र प्रत्येक घाउको मलम आमा बुबा (जन्मदाता) नै हुन । यसको ऋण तिर्न भने कहिले सकिँदैन सृष्टिमा रहेका सम्पुर्ण प्राणिले जुन दिन यो संसारबाट बिदा लिनुपर्छ, जन्मदाताको महिमाको ठूलो ऋणको भारी सगै लिएर जानुपर्छ । हामी जिवनमा आशा नगरेका (unexpected) कुराहरु समेत प्राप्त गर्छौ धेरै कुराहरु प्राप्त गर्न सकौला तर जुन दिन हामी आमाको मयाको कदर अनि बुबाको कर्मप्रती सम्मान गर्न छोड्छौ त्यो दिन देखि हामिसग सबैथोक भएपनी यसको कुनै अर्थ रहदैन ।
हामिलाई संसारमा असल कर्म दिने एउटा यस्तो दुर्लभ सम्बन्ध हो बुबा, आफ्नो कुनै दुख पिडाको मतलब नराखी सधै असल कर्म दिने शब्दलाई बुबा भन्छौ, जुन कर्ममा हामिले बिश्वास गर्नुपर्छ जुन कर्मप्रती हामिले सधै सम्मान गर्नुपर्छ हामिले जुन कर्मबाट बाचिरहेका हुन्छौ यहि कर्मलाई हामिले सम्मान गर्न जानेनौ भने यसले हामिलाई आत्मसन्तुष्टि समेत दिन सक्दैन यसबाट हामी अधुरो हुन्छौ ।
सधै आमाको निस्वार्थ माया (महिमा) को कदर गरौ अनि बुवाको कर्मप्रती सम्मान गरौ ।
✍️जयन्त भाट बैतडी
