काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनबारे चासो राखेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई बोलाएर स्थानीय तहको वैशाख ३० गते हुने गइरहेको निर्वाचनबारे भण्डारीले चासो राखेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले राष्ट्रपति भण्डारी र आयोगका पदाधिकारीबीच भेट भएको र स्थानीय तह निर्वाचनबारे छलफल भएको जानकारी दिएका छन् । ुराष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवासमा निर्वाचन आयोगका पदाधिकारीहरूलाई भेटी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका बारेमा चासो राख्नुभयो,ु अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले चासो राखेपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन कार्यतालिकाबमोजिम स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए ।
राष्ट्रपति भण्डारीले मतदाताहरूलाई आफ्नो उम्मेदवार चयन निष्पक्ष र निर्वाध रूपमा चयन गर्न पाउने वातावरण बनाउन आयोगलाई सुझाव दिएकी थिइन् । ुराष्ट्रपतिबाट आयोगको तयारी सन्तोषजनक रहेको र स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको कुरा उल्लेख गर्दै निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन तथा मतदाताहरूले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्वाधरूपमा मतदान गर्न पाउने मतदाताको हक अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने उपयुक्त वातावरण बनाउने आयोग चनाखो रहनुपर्ने सुझाव दिनुभयो,ु भेटबारे आयोगले भनेको छ ।

राष्ट्रपति भण्डारीले निर्वाचनमा राजनीतिक दल र उम्मेदवारमा जसरी पनि निर्वाचन जित्न पाए हुन्थ्यो भन्ने भावना हुने भन्दै आयोगले स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा मत संकलन गरेर निष्पक्षताको प्रतयाभूतिसहित निर्वाचन सम्पन्न गरेर मतपरिणाम प्रकाशित गर्ने कुरामा जोड दिनुपर्ने बताएकी थिइन् ।

राष्ट्रपतिलाई भेट्न प्रमुख निर्वाचन आयुक्त थपलिया, आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा राष्ट्रपति कार्यालय पुगेका थिए । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय