दार्चुला । नेपाली कांग्रेस जिल्ला कार्य समिति दार्चुलाका सचिव पुलेन्द्रबहादुर कार्कीले राजिनामा दिएका छ्न । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले दार्चुलाका अधिकांश स्थानीय तहमा अपेक्षित नतिजा प्राप्त गर्न नसकेको भन्दै नैतिकताको आधारमा राजिनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।
दार्चुलाको कुनैपनि स्थानीय तहमा प्रमुख पद जित्न नसकेको तथा अपेक्षित नतिजा प्राप्त नभएको भन्दै पार्टीको तर्फबाट नैतिक जिम्मेवारी लिदै सचिव पदबाट राजिनामा दिएको बताए । नेपाली कांग्रेस दार्चुलाका पार्टी सभापति ललितसिंह बोहरालाइ बुझाइएको राजिनामा पत्रमा सचिव पदको जिम्मेवारी बहन गर्न नसकेको महसुस गर्दै राजिनामा दिएको उल्लेख गरे ।
२०७४ सालमा दुई नगरपालिकासहित पाँच स्थानीय तहमा जित हासिल गरेको कांग्रेसले यो पटक जिल्लाका सबै पालिकाको नेतृत्व गुमाएको छ ।
कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका सचिव कार्कीले पेश गरेको राजीनामा पत्र:
