दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दार्चुला आउने भएपछि सदरमुकाम खलंगाको खुल्ला मंच सजिएको छ । चुनावी सभालाइ सम्बोधन गर्ने शुक्रबार एमाले अध्यक्ष ओली दार्चुला आउन लागेका हुन्न । खलंगाका मुख्य प्रवेश द्वार तथा कार्यक्रम स्थल झण्डा व्यानरले सजाइएको छ । बिहान ११ बजे ओलीले सदरमुकाम खलंगामा अभियानको उद्घाटन गर्नेछन् ।  पहिलो पटक दार्चुला बाट सुरु हुन लागेको चुनावी सभालाई आकर्षक बनाउने गरी तयारी गरिएको एमाले प्रचार विभागप्रमुख खडक बडालले जानकारी दिए। चुनावी सभामा भाग लिन गाउँगाउँबाट जनमानस खलंगा आउन थालेका छन् ।  ओली खलंगामा हुने आम सभालाई उद्घाटन गर्न हेलिकप्टर मार्फत दार्चुला पुग्नेछन् । ओलीले शुक्रबार दार्चुलापछि बैतडी र कञ्चनपुरमाहुने आमसभालाइ सम्बोधन गर्ने कार्यतालिका रहेको  छ ।  यसैबीचनेकपाएमाले दार्चुलाको तर्फबाट प्रतिनिधिसभाकाउम्मेदवार गणेशसिंह ठगुन्ना र प्रदेशसभा क्षेत्र नम्बर १ काउम्मेदवार हरदेब जोशी नेतृत्वको प्रचार प्रसार टोली मालिकार्जुन गाउँपालिकाका विभिन्न वडामा मतदाता भेटघाट कार्यक्रम गरेर खलंगा फर्किएको छ ।  गत असोज २३ गते उम्मेदवारी मनोनयन पछि गाउँ गएको मूलप्रचार टोली खलंगा फर्किएको हो । एमालेले अपिहिमाल, मार्मा, नौगाड, लेकम, मालिकार्जुन र शैल्यशिखर नगरपालिकामा घरदैलो गरि फर्किएको एमाले जिल्ला कमिटी अध्यक्ष प्रेम सिह धामीले जानकारी दिए । भोलीको सभा पछि व्यास, दुहुँ र महाकालीमा घरदैलो कार्यक्रमगर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय