दार्चुला : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, पुर्वप्रधानमन्त्री एवं माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्वप्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल भोली गोकुलेश्वर आउनु हुने भएको छ ।
लोकतान्त्रिक बामगठबन्धन दार्चुलाद्धारा आयोजित आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र पुर्वप्रधानमन्त्रीहरु दाहाल र नेपाल एक साथ गोकुलेश्वर आउने नेपाली कांग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । उनिहरु सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट हेलिकप्टर मार्फत दार्चुलाको गोकुलेश्वर आउने उहाले बताउनुभयो ।
प्रधानमन्त्री र पुर्वप्रधानमन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रममा दार्चुला तथा बैतडीका जनसमुदायको उपस्थिति रहने उहाले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको पनि सचिव कार्कीले जानकारी दिनुभयो । कार्यक्रम स्थलमा मञ्च निर्माण देखि सबै पुर्वाधारहरु निर्माण गरिसकिएको बताइएको छ । कार्यक्रमको थप तयारीका लागि नेपाली लोकतान्त्रिक बामगठबन्धनका नेता कार्यकर्ताहरु यसअघि नै गोकुलेश्वर प्रस्थान गरिसकेका छन् ।
कार्यक्रममा सहभागि हुने दार्चुला र बैतडीका जनसमुदाय गोकुलेश्वर उर्तान बस र जीपहरुको व्यवस्थापन गरिएको बताइएको छ । कार्यक्रममा दार्चुला र बैतडीका जनसमुदायहरुले झाकी तथा आ–आफ्नो भेषभुषा अनुसारको कला प्रस्तुत गर्ने बताइएको छ । कार्यक्रम भोली विहान ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
