गोकुलेश्वर: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले भारतद्धारा अतिक्रमित नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा ओलीका भाषणले फिर्ता नहुने बताउनु भएको छ । लोकतान्त्रिक बाम गठबन्धन दार्चुलाद्धारा गोकुलेश्वरमा आयोजित बृहत चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भुमी फिर्ता ल्याउन भारत संग कुटनितिक पहल गर्नु पर्ने बताउनु भएको हो । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भुमी हो तर अहिले भारतले अतिक्रमण गरेको छ उहाले भन्नुभयो ।’ ओलीले चुनावी आमसभाहरुमा आफु एक्लैले चुच्चे नक्सा छापेको भनेर हल्ला गरिरहेको पनि प्रधानमन्त्री देउवाले सम्बोधनको क्रममा भन्नुभयो । नेपालको पुरानो नक्सालाई परिवर्तन गरेर भारतले अतिक्रमण गरेको नेपाली भुमीलाई नयाँ नक्सामा समावेश गर्न सबै दलले सहमती गरी संसद्बाट पारित गरि नक्सा छापिएको प्रधानमन्त्री देउवाले बताउनु भएको छ । साथै उहाले दार्चुलाका विकास र समृद्धीका लागि याहाका पर्यटकिय स्थलहरुको विकास गर्नु आवश्यक रहेको बताउनु भएको छ । अपिहिमाल, नाम्पा हिमाल, राष्ट्रै सातौ धाम मालिकार्जुलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । दार्चुलामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सबैलाई जिताउन मतदातालाई आग्रह गर्दै प्रधानमन्त्री देउवाले जिताएर पठाए मन्त्री बनाउने पनि आस्वासन दिनु भएको छ । प्रधानमन्त्री देउवाले जिल्लामा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा, पाचऔले लगायतका जडिबुटीलाई प्रशोधन गरी औषधीको रुपमा प्रयोग गर्न मिल्ने बताउनु भएको छ । जडिबुटी प्रशोधनका लागि मार्मा गाउँपालिकामा प्रशोधन केन्द्र स्थापनाका लागि पहल भइरहेको पनि उहाले बताउनु भएको छ । दार्चुलालाई समृद्धी बनाउने चिन संगको नाका तत्काल खोल्ने उहाले प्रतिबद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय