दार्चुला । अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार शंकर सिह धामीलाई जिताउन अहिले मतदाता आफै घरदैलोमा लागेका छन । मंगलबार महाकाली नगरपालिका हुदै मालिकार्जुन गाउँपालिका वडा नम्वर १ मा पुग्दा मतदाताहरु आफै स्वतन्त्र उम्मेदवार धामीलाई जिताउन घरदैलोमा देखिएका हुन ।
दार्चुलाकोे निर्वाचन क्षेत्र नम्बर १(क)बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएका धामीलाइ यस पटक जसरी पनि मतदान गरेर विजयी बनाउने मतदाताहरुले बताएका छन् ।
दार्चुलाको महाकाली नगरपालिकाको काकडा हुदै थाप्ला दत्तु मालिकार्जुनको सुत्तने रेबली पुगेका स्वतन्त्र उम्मेदवार धामीलाई मतदाताले फुलमाला लगाएर भव्य स्वागत गरेका छन । मतदाता स्वस्फूर्त रुपमा घरघरमा स्वागत गर्दै आशिर्वाद दिनुले आफूलाई हौसला मिलेको स्वतन्त्र उम्मेदवार धामीले बताएका छन । दलीय गठबन्धनका उम्मेद्वारले केही गर्न नसक्ने भन्दै स्थानीयले अब दार्चुलाको प्रदेश सभा क्षेत्र नं १(क)बाट स्वतन्त्र उम्मेद्वार धामीको विजयी हेर्न मात्रै पर्खिरहेको बताएका छन ।
बिहानै देखि घरदैलोमा निस्किएका धामीले स्थानीयको प्रतिकृया, सुझाव लिनुका साथै आफ्ना प्रतिबद्धता पनि मतदातासामु राखेका थिए । आफू निर्वाचित भए जनचाहना बमोजिम नै काम गर्ने भन्दै उनले अहिले पनि जनताकै बीचमा रहेर सेवा गरिरहेको बताएका थिए । घरदैलो अभियानमा अग्रज, युवा, महिला, बुद्धिजिवि लगायतको सहभागिता रहेको छ । धामीको टोलीले मंगलबार आज सकार भर्तोला सुत्तने डुङरी रेबली क्षेत्रमा घरदैलो गरेको पाइएको छ । दार्चुलाको क्षेत्र नम्बर १ को चुनावी प्रतिष्पर्धा योपालि निक्कै रोचक हुने देखिएको छ । बजारका चोक, चिया पसलमा यहाँको चुनावी परिणाम के हुने हो भन्ने बारे अहिलेदेखि नै चर्चा परिचर्चा सुरु हुन थालेको छ ।यस क्षेत्रमा प्रदेशतिर पार्टीगत र स्वतन्त्र गरी ५ जनाको उम्मेदवारी परेको छ । उमेदवारी ५ जनाको परेपनि प्रतिस्पर्धा भने त्रिपक्षीय हुने निश्चित भएको छ । एमालेका हरदेब जोशी सत्तागठबन्धनका विक्रम धामी र स्वतन्त्र उम्मेदवार शंकर सिह धामीविच त्रिपक्षीय भिडन्त हुने देखिएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा स्थायी घर भएका शंकर सिह धामी यही मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभातर्फ स्वतन्त्र उम्मेद्वारी दिएपछि चुनावका चर्चा झनै रोचक देखिएको छ । सत्तागठबन्धनका विक्रम धामीलाई यहाँका मतदाताहरुले टुरिष्ट नेता पनि भन्ने गरेको गरिएको छ । नेकपा एमालेकोे तर्फबाट उम्मेदवार रहेका हरदेब जोशीलाई जनताको माग भन्दा पनि बालकोटका नेताले टिका लगाएर पठाएको हुदा मतनदिने प्रदेश सभा क्षेत्र नं १ का मतदाताहरुको भनाइ रहेको छ ।
