दार्चुला : प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गठबन्धनका साझा उम्मेदवार दिलेन्द्र प्रसाद बडूले एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई ४४२ मतले पछाडी पार्नु भएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ८ हजार ८३१ मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार तथा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बडूको अग्रता कायमै छ । ९ स्थानीय तह रहेको जिल्लामको ब्यास र अपिहिमाल गाउँपालिकाको मतगणना सम्पन्न हुँदा मन्त्री बडूले ४ हजार ५ सय १६ मत प्राप्त गर्नु भएको छ । नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नाले ४ हजार ७४ मत प्राप्त गर्नुभएको छ । राप्रपाका नरेन्द्र सिंह धामीले ५४, नेमकिपाका विश्वराम दुवालले १३ मत प्राप्त गर्नु भएको छ ।

यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेसका नेता तथा गठबन्धनका साझा उम्मेदवार बिक्रम सिंह धामीको अग्रता कायम रहेको छ । प्रदेशसभा १ अन्तरगतको ब्याँस गाउँपालिका र दुहुँ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा उहाले ५ हजार १ सय ६९ मत प्राप्त गर्नु भएको छ, भने उहाका निकटतम प्रतिद्धोन्द्धी नेकपा एमालेका हरदेव जोशीले ४ हजार ३ सय ९३ मत प्राप्त गर्नु भएको छ । गठबन्धनका साझा उम्मेदवार धामी ७ सय ७६ मतले अग्र स्थानमा हुनुहुन्छ ।

यसै गरी प्रदेशसभा क्षेत्र नम्बर २ मा पनि भने नेकपा एमालेका रामदत्त जोशीले अग्रता लिनु भएको छ । प्रदेशसभा अन्तरगतका अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मतगणना सम्पन्न हुँदा एमालेका जोशी ८ सय २२ मतले अगाडी छन् । एमालेका जोशीले ६ हजार ७ सय ३८ मत प्राप्त गर्दा नेकपा माओबादी केन्द्रका नेता एवं गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामीले ५ हजार ९ सय १६ मत प्राप्त गर्नु भएको छ । दार्चुलामा ८९ हजार १५४ मतदाता रहेकोमा ५८ हजार ५८ अर्थात ६५ प्रतिशत मत खसेको थियो । अहिले प्रतिनिधिसभा अन्तरगत शैल्यशिखर नगरपालिकाको मतगणना चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय