धनगढी । धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूको दबाबमूलक कार्यक्रममा विभिन्न संघसंगठनहरुले साथ दिएका छन् ।
तलब भत्ता यथाशीघ्र पाउनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम अघि बढाएका स्वास्थ्यकर्मीहरूलाई विभिन्न संघ(सङ्गठनहरूको एक्येवद्धता जनाएका हुन् ।

नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश, निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कैलाली, नेपाल निजामती कर्मचारी सगंठन कैलाली, नेपाल राष्ट्रिय कर्मचारी सगंठन निजामती कैलाली, एकीकृत सरकारी कर्मचारी सगंठन नेपाल कैलालीले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा एक्येबद्धता जनाएका छन् ।
संघिय सरकारको निजामती कर्मचारी ऐन २०७५ अनुसार कर्मचारी समायोजन भई धनगढी उपमहानगर पालिकामा आयका कर्मचारीहरूलाई अहिले उपनगरपालिकाले आज आज भन्दाभन्दै ६ महिना देखि पारिश्रमिक रोकी दिएको छ।
