दार्चुला । सडकबाट खसेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अपि हिमाल गाउँपालिका वडा नं.६ का १८ वर्षिय अशोक सिह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सिप्टी तपोवन सडकखण्डमा ग्वालेक निर्माण सेवा कम्पनीको बा ३ क ४१९८ नम्बरको स्काइभेटर हेल्परका रुपमा काम गदैँ आएका धामीको शुक्रबार  विहान ९ बजेतिर  सडकबाट खसेर घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।

मृत्तक धामी सडकबाट ५ सय मिटर तलखसेका थिए । घटनाको बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक मानसिह ऐरीको टोली घटनास्थलमा पुगेको बताइएको छ । मृत्तकको शवलाई अहिले पोष्टमार्टमका लागि लटिनाथ स्वास्थ्यचौकीमा राखिएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय