दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ४ पोक्सेमा यहि कार्तिक २० गतेबाट प्रथम प्रविन कमला वडास्तरीय महिला पुरुष भलिबल प्रतियोगिता संञ्चालन हुने भएको छ । “खेलाडी मान होइन सम्मान हो,,खेलकुद शान होइन हाम्रोपहिचान हो,, भन्ने मुल नाराका साथ दिपज्योति संघर्ष समाज पोक्सेले शुभदिपावलीको अवसरमा प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोतामा महिला तर्फ प्रथम पुरुस्कार १५ हजार ट्रफी मेडल र प्रमाणपत्रका साथै द्धितिय पुरुस्कार १० हजार ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै पुरुष तर्फ रु ६१ हजार १११ तथा द्धितिय पुरुस्कार ३१ हजार १११ रुपैया नगद ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समाज पोक्सेका अध्यक्ष कुन्दन सिह कार्कीले जानकारी दिए ।
प्रतियेगितामा विधागत तर्फ समेत पुरुस्कार राखिएको छ । बेष्ट इस्पाइकर, बेष्ट डिफेन्स, र अनुसाशित खेलाडीलाई समान १÷१ हजार रुपैयाँ दिइने अध्यक्ष कार्कीले बताए । टिम दर्ताको लागि पुरुष तर्फ ५ हजार ५सय तथा महिला तर्फ १ हजार ५सय रुपैया तोकिएको छ ।
आयोजकले सम्पुर्ण खेलाडीहरुको दिउसोको खाना शुपथ मुल्यमा खुवाउने जनाएको छ । यस्तै टाढाका खेलाडीहरुलाई बेलुकाको खाना र बास बस्नको व्यवस्था मिलाएको सचीव बिक्रम सिह कार्कीले जानकारी दिए ।
गत बैशाख २१ गते दार्चुलाको व्यास गाउँपालिका वडा–१ छाङरुस्थित भोलीन बनमा हिम पहिरोमा परी मृत्यु भएका दुुहुँ गाउँपालिका वडा ४ का कमला कुँवर र प्रवीण कुँवरको सम्झनामा पहिलो पटक महिला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको खेलकुद संयोजक राजेन्द्र सिह कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय