दार्चुला । जिल्लाको दुहु गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा गाउँपालिकाको वडा नम्बर ४ फाराका ७२ वर्षीय दौलतसिंह कुँवर रहेको प्रहरीले जनाएको छ ।
दौलत सिह कुँवर गाउँपालिकाको वडा नम्बर ३ सेरपाटा स्थित सडक खण्डाबाट करिब पाँच मिटर तल मृत अवस्थामा फेला परेका हुन्
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।
