दार्चुला असोज ०५ । जिल्लाको मालिकार्जुन गाउँपालिका–७ सिरपुर घर भई हाल कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले दुहुँ गाउँपालिकाका बाढी पहिरो पिडितलाई खाद्य सामग्री उपलब्ध गराउनु भएको छ । ग्वाल्लेक ग्रुप प्रा.लि.का कार्यकारी निर्देशक समेत रहनु भएका जोशीले गत भदौ १३ गते राती भएको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी प्रभावित परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराएको दुहुँ गाउँपालिका राहत संकलन समितिका संयोजक सुरेन्द्र बहादुर बमले जानकारी दिए ।
नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय उपाध्यक्ष एवं नेपाली कांग्रेस दार्चुलाका नेता गणेश दत्त भट्टको विषेश पहलमा जोशीले बाढी पहिरो पिडितका लागी आवश्यक पर्ने खाद्य सामग्री सहयोग गरेको उनले वताए । बरिष्ठ उपाध्यक्ष तथा ग्वाल्लेक ग्रुप प्रा.लि.का कार्यकारी निर्देशक जोशीले उपलब्ध गराएको खाद्यान्न प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको रहोबरमा सदरमुकाम खलंगामा दुहुँ गाउँपालिकाका उपाध्यक्ष ईस्वरी जोशी तथा अधिकृत छैटौं भुपेन्द्र सिंह बडाललाई हस्तान्त्रण गरिएको ग्वाल्लेक ग्रुपका दार्चुला प्रतिनिधि भानदेव बडूले जानकारी दिए ।
बरिष्ठ उपाध्यक्ष जोशीले बाढी पहिरो पिडितका लागी ९ क्वीण्टल चामल, ७५ किलोग्राम दाल, १ सय २० गोटा साबुन, १ सय प्याकेट १ किलोग्राम लागुधुने सोडा र ५ सय थान मास्क उपलब्ध गराउनु भएको थियो । बाढी पहिरो पिडितका लागी उपलब्ध खाद्यन्न सामग्री बुझ्दै गाउँपालिकाका उपाध्यक्ष ईस्वरी जोशीले आपत विपद परेको बेला सहयोग गर्ने महान व्यक्ती जोशीलाई विषेश धन्यबाद व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय