दार्चुला असोज ०५। सडक माथिबाट खसेको ढुङ्गा लागेर २ ओटा सवारी साधनमा क्षती भएको छ । मार्मा गाउँपालिकाको विटुले पारिबगड सडक खण्डमा माथिवाट पहिरो खस्दा सडक अबरुद्ध भएपछि मंगलवार विहान छेउमा रोकिराखेको स्कारपियो र जिपमा माथिबाट खसेर क्षति भएको छ ।
सडकमा रोकिराखेको अवस्थामा बा २१ च ७२७९ नम्बरको स्कारपियो र से १ ज ८४९ नम्बरको जिपमा क्षती भएको छ । अगाडी पहिरोले सडक अबरुद्ध भएपछि बिचमै राकिराखेको अवस्थामा सडक माथिबाट एक्कासी खसेको ढुङ्गाले दुवै सवारी साधनमा क्षति भएको र चालकहरु भाग्न सफल सकेको स्थानियले वताएका छन् ।
स्कारपियोका चालक कञ्चनपुरको कृष्णपुरा नगरपालिका बस्ने ३५ बर्षीय गणेश भट्टका अनुसार गाडीमा ठूलो क्षती भएको छ ।बोलेरो जीपको अगाडी र स्कारपियोको पछाडीको भागमा बढी क्षती भएको छ । माथिबाट खसेको ठूलो ढुगांले गाडीको पछाडीको भाग थिचिएपछि चलाउन सकिने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । पहिरोको छेउमा गाडी रोकेर भाडा उठाउदै गर्दा माथिबाट ढुगां खसेर क्षती भएको बताइएको छ ।दुर्घटनामा कुनै पनि मानविय क्षती भने भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय