दार्चुला असोज ०५ । जिल्ला सदरमुकाम खलंगाका प्रत्येक घरधुरीमा चौबिसै घण्टा खानेपानीको सुविधा पुग्ने गरी पाइप लाइन विस्तारको काम भईरहेको छ ।महाकाली नगरपालिका वडा नम्बर ४ र ५ का हरेक घरधुरीमा २४ सै घण्टा खानेपानीको उपलब्धता हुने गरी पाइप लाइन विस्तारको काम भइरहेको नगरपालिकाले जनाएको छ । २४ सै घण्टा खलंगाबासीको घरमा शुद्ध खानेपानी पु¥याउन एसियाली विकास बंैकको अनुदान र नगर विकास कोषको ऋण लगानीमा खलंगा खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य संचालनमा रहेको आयोजना निर्माणमा प्राविधिक सहयोग गरिरहेको (ई–टेक) नेपालका कन्सट्रक्सन सुपरिभिजन ईन्जिनियर कुबेर बहादुर सिंहले जानकारी दिए ।
कुल २९ करोड लागतमा निर्माण सम्पन्न हुने आयोजना निर्माणका लागी एसियाली विकास बैंकले कुल लागतको ७० प्रतिशत, जनश्रमदान ५ प्रतिशत र २५ प्रतिशत नगर विकास कोषको ऋण लगानी गरेको उनले वताए । आयोजना निर्माणको कार्य क्षेत्र गल्फै, बिच बजार र बंगाबगड रहेको जनाइएको छ । अहिले सो क्षेत्रहरुमा खानेपानीका विभिन्न संरचनाहरु निर्माणाधिन अवस्थामा रहेको उनले वताए । धौलीगाड मुहान रहेको गल्फै क्षेत्रमा अहिले मुहान ईन्टेक, कलेक्सन च्याम्बर, पानी संकलन ट्याङ्की र पालेघर निर्माणाधिन अवस्थामा रहेको ईन्जिनियर सिंहले जानकारी दिए ।
त्यसैगरी गाराकु मुहान रहेको खलंगा बिच बजार क्षेत्रमा ईन्टेक, कलेक्सन च्याम्बर र पानी थिग¥याउने ट्याङ्की निर्माणाधिन अवस्थामा रहेको छ । यस्तै बंगाबगड क्षेत्रमा धारा जडान र ट्याङ्की मर्मतको कार्य छिट्टै संचालन गर्ने योजना रहेको पनि उनले वताए ।
खानेपानीका संरचनाहरु संगै महाकाली नगरपालिका वडा नम्बर ५ भौराबगडमा सार्वजनिक सौचालय र खलंगा खानेपानी तथा सरसफाई आयोजना समितिको कार्यालय समेत निर्माणाधिन अवस्थामा रहेको बताइएको छ । नगरपालिकाको वडा नम्बर ४ र ५ मा गरी २ हजार २ सय ८६ खानेपानीका धारा निर्माण हुने उहाले जानकारी दिनुभयो । आयोजना निर्माण सम्पन्न पस्चात वडा नम्बर ४ र ५ का सम्पुर्ण जनताले शुद्ध खानेपानी पाउने जनाइएको छ । आयोजना अबको एक वर्ष भित्र निर्माण सम्पन्न गरि सक्नु पर्ने लक्ष्य रहेको छ । २०७७ असोजमा आयोजना निर्माणका लागी आसिस÷क्याब र ग्वाल्लेक निर्माण सेवा जेभिले नेपाल सरकार संग सम्झौता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय