कैलाली । आजदेखि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ।

सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखी ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ बर्ष देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय