प्रेमराज जोशी दार्चुला असोज ०५ । नदि जन्य स्रोत उत्खनन् नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मंगलवार सामुदायिक ग्रामीण विकास समाज अन्तर्गतको ट्रोसा कार्यक्रम परियोजनाले जिल्ला स्थित महाकाली नगरपालिका र सम्वन्धित निकायका प्रमुख एवंम प्रतिनिधिहरु सँग छलफल गरेको छ । नदि जन्य स्रोत उत्खननको कार्यलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गरी नदिजन्य स्रोतहरुमा आश्रित नागरीकहरुलाई पनि मिलाएर जानुपर्ने कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् ।
त्यस्तै निर्माण व्यवसायी र उद्योग वाणिज्य संघबाट उत्खनन र जम्मा गर्ने ठाउँ निश्चित बनाएर जानु पर्ने सुझावहरु आएको सामुदायीक ग्रामिण विकास समाज अन्तर्गतको ट्रोसा कार्यक्रम संयोजक मान सिह कार्कीले जानकारी दिए । पछिल्लो समय महाकाली नगरपालीकाको वडा नं। १ श्रीवगर क्षेत्र देखी दत्तु ९ सम्म महाकाली नदिमा आफुखुसी नदि जन्य स्रोत उत्खनन भइरहेको छ । परियोजनाले पछि हुन सक्ने सम्भावीत जोखीमलाई मध्यनजर गर्दै व्यवस्थित गर्नु पर्नेमा जोड दिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs