दार्चुला । सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हुने प्रदेश स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने दार्चुलेली खेलाडीहरुको शुक्रबार बिदाई गरिएको छ ।

जिल्ला स्तरीय प्रतियोगिताबाट छनौटमा परेका विभिन्न खेलमा आबद्ध खेलाडी तथा अफिसीएल टोलीलाई दार्चुलाको खुल्ला मंचमा औपचारिक कार्यक्रमबिच जिल्ला खेलकुद बिकास समिति दार्चुलाले बिदाई गरेको हो ।

सुदुरपश्चिमको कैलाली, कञ्चनपुर, अछाम र डोटीमा हुने १३ औँ राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउने एथ्लेटिक्स, भलिबल, कबड्डी र कराँतेका कोच, म्यानेजर र खेलाडी गरी ७० जनाको टोलीको बिदाई गरिएको हो ।
विदाई समारोहमा बोल्दै जिल्ला खेलकुद विकास समिति दार्चुलाका अध्यक्ष मान सिह बुढाथोकीले जिल्लामा बढी मात्रमा पदक ल्याउने मनसायका साथ मैदानमा उत्रन खेलाडीहरूलाई आग्रह गर्नुभयो । उच्च मनोवलका साथ अनुशासन पुर्वक आफ्नो खेल देखाउन खेलाडीहरुलाई निर्देशन गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय