
प्रेमराज जोशी असोज ०६ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सभापति शेरवहादुर देउवालाई दुहुँ गाउँपालिकाका जनप्रतिनिधि मण्डलको टोलीले भेटेर वाढी पहिरो प्रभावित बस्तिलाई स्थानान्तरणका लागी अनुरोध गरेका छन ।
प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा गएको जनप्रतिनिधीको टोलीले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीलाई भेटेर वाढि पहिरोले क्षत विक्षत पारेको दुहुँ गाउँपलिकाको वडा नं. २ र ५ का विभिन्न वस्तिहरु स्थानान्तरणका लागी आवश्यक पहल गरिदिन अनुरोध गरेको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र वहादुर कार्कीले जानकारी दिए ।
दार्चुला सदरमुकाम खलंगावाट गत शुक्रवार हिडेको टोलीले सुदुरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्ट लगायत सम्वन्धित मन्त्रालयका मन्त्रीहरुलाई भेटेको छ ।
गाउँपालिकाको टोलीले सरकार सँग घरवार विहिन लाई बस्ती स्थानान्तरण, घरजग्गाको बिकल्प भएका वाढी पिडितलाई घर निर्माणका साथै मर्मत योग्य घरहरुलाई मर्मत सम्भार र दुहुँ गाउँपालिकालाई पुर्वाधार पुन निर्माणका लागी विशेष गाउँपालिका घोषणा गरि भौतिक संरचना निर्माण गरिदिन सरकारसँग आग्रह गरेको छ ।
मागपत्र वुझ्दै सरकारका गृहमन्त्री वालकृष्ण खाणले तुरुन्तै विज्ञटोली गाउँपालिकामा अध्ययनका लागी पठाउने र अध्ययन प्रतिवेदन रिपोर्ट आईसकेपश्चात वस्ति स्थानान्तरणका लागी पहल गरिने प्रतिवद्धता जनाएका छन् । गृहमन्त्रालयले अध्ययनका लागी विपद् प्राधिकरणलाई निर्देशन दिएको छ । प्राधिकरणले छिट्टै अध्ययन टोली गाउँपालिकामा पठाउने अध्यक्ष कार्कीले वताए ।
भदौ १३ गते रातिको अविरल वर्षाका कारण आएको वाढी र पहिरोले दुहुँ गाउँपालिमा ५ जनाको मृत्यु भएको थियो । झोलुङगे पुल, मोटरेवल पुल, विद्युत, पानीघट्ट, खानेपानी, बाटोघाटो, सयौ घरहरु क्षतविक्षत भएका थिए ।
टोलीमा जिल्ला समन्वय समिति प्रमुख करविर वहादुर कार्की गाउँपालिका अध्यक्ष पुलेन्द्र वहादुर कार्की, दुहुँ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष गोविन्द सिह डडाल, ३ का वडा अध्यक्ष लाल वहादुर वंम र ५ नम्वरका वडा अध्यक्ष दौलत सिह महर रहेका थिए ।