दार्चुला । जिल्लाको गोकुलेश्वर बजारमा रहेको जगतपुरी शिवधामका स्वामीलाई एमालेका केहि नेता तथा कार्यकर्ताहरुले उस्काएर अनसन वस्न बाध्य गरेको आरोप लागेको छ ।

सुदुरपश्चिम प्रदेस सरकारका मुख्यमन्त्री कमल बहादुर शाहको दार्चुला भ्रमणलाई विथोल्ने भन्दै ति नेता कार्यकर्ताहरूले स्वामीलाई उस्काएर अनसन वस्न वाध्य गरेको संचालक समितिले बिज्ञप्ति मार्फत जनाएको छ ।

शनिवार मुख्यमन्त्रीको भ्रमणका समाचार भन्दा बढी चर्चा पाएको अनसनको आज वास्तविकता बाहिरिएको छ ।

शिवधाम क्षेत्रको विकास निर्माण र केहि विवादास्पद कुरामा मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन खोज्दा बल प्रयोग गरेर प्रहरीले नियन्त्रणमा लिएको खबर सत्य नरहेको बिज्ञप्तिमा उल्लेख छ ।

आईतवार जिल्लाको भ्रमण सक्काएर प्रदेश राजधानी धनगढी फर्किएका मुख्यमन्त्री शाहले गोकुलेश्वरमा पुनः स्वामी सँग भेटघाट र चियापानको कार्यक्रम गरेका छन । स्वामीले भेटपछि अनसनमा बसेका स्वामीले मुख्यमन्त्रीले दिएको जुस खाएर अनसन तोडेको प्रदेस सभा सदस्य बिक्रम सिह धामीले बताए । स्वामीले मुख्यमन्त्री शाहलाई आर्शिवाद समेत दिएका छन् । समितीले निकालेको बिज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय