प्रेमराज जोशी दार्चुला असोज ०६ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर १ मा रहेको पिपलचौरी माध्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको बैठक नै नबसी मावि तहको शिक्षक नियुक्तीका लागी विज्ञापन गरेको खुल्न आएको छ । शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार गाउँपालिकाको शिक्षा शाखाले शिक्षक भर्नाका लागी अनुमती दिए पस्चात विद्यालय व्यवस्थापन समितिको बैठक बसि निर्णय गरेर विज्ञापन गर्नुपर्ने व्यवस्था छ ।
विद्यालयमा केन्द्र सरकारबाट प्राप्त हुने विज्ञान, गणित र अंग्रेजी विषयको पदपुर्तिका लागी विद्यालय व्यवस्थापन समितिको बैठक नै नबसी विज्ञान विषयको शिक्षक भर्नाका लागी सुचना आह्वान गरेको समितिका सदस्य जंग बहादुर बमले आरोप लगाएका छन् । गाउँपालिकाबाट विज्ञापन आह्वानका लागी पत्र प्राप्त भएको तथा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले एकल रुपमा निर्णय गरी विज्ञापन आह्वान गरेको उनले आरोप लगाएका छन् ।

यता विद्यालयका प्रधानाध्यापक डम्बर सिह बोहरालाई यो विषयमा सम्पर्क गरी बुझ्दा समितिका पदाधिकारीहरुलाई पत्राचार गरेर बैठक बसी बहुमतको निर्णय पारित गरी विज्ञापन गरेको बताएका छन् । कसैलाई यो बैठकको विषयमा शंका लागे विद्यालयमा उपस्थित भई निर्णय हेर्न समेत आग्रह गरेका छन् । २०७२ सालमा जंग बहादुर बम यसै विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रहेका बेला विद्यालयमा विभिन्न शिर्षकमा भ्रष्टाचार गरेको प्रधानाध्यापक बोहराले आरोप लगाएका छन् ।
अध्यक्ष बमले २०७२ सालमा गाउँ विकास समितिबाट प्राप्त २० हजार रुपैया शैक्षिक सामाग्री खरिदको लागी आएको बजेट हिनामिना गरी शैक्षिक सामग्री खरिद नगरेको आरोप लगाएका छन् । त्यस्तै विद्यालयले होली खेलेर संकलन गरेको ३७ हजार रुपैयाको हिसाव किताब नै नराखी गायव गरेको प्रधानाध्यापक बोहराले बताए । हालका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन महरले ढुङगा लगेका मानिसहरु बाटै पैसा नआएको र दशै सम्म असुली गरी विद्यालयको खातमा जम्मा गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय