दार्चुला । सुआहारा दोस्रो कार्यक्रम जिल्ला स्तरीय सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आईतवार जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू (कश्यप) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुआहारा कार्यक्रमले स्वास्थ्य तथा पोषणको अवस्थामा गरेको सुधार, गाउँपालिका तथा नगरपालिका अनुसार स्वास्थ्य तथा पोषण सम्वन्धीमुख्य सूचकहरुको अवस्था उपलब्धी र सिकाईका बारेमा सरोकारवलाहरुलाई जानकारी गराईएको थियो ।
त्यस्तै सुआहारा दोस्रो कार्यक्रमको मोडालिटि, मुख्यक्रियाकलाप, प्रतिफल, सिकाई, प्राथमिकता, कार्यक्रमको प्रभाव मुल्याङकन नतिजा र मुख्य प्राथमिकताका बारेमा प्रस्तुतिकरण गरिएको थियो । सुआहारा दोस्रो कार्यक्रमका लागि ६ करोड, ७८ लाख ५६ हजार ५ सय ८८ रुपैया वजेट रहेकोमा ६ करोड ३९ लाख ८५ हजार २ सय ४९ रुपैया मात्रै खर्च भएको आर्थिक प्रतिवेदन उल्लेख गरिएको थियो । बाकी कोभिड १९ का कारण खर्च नभएको प्रतिवेदनमा उल्लेख छ ।
देशभरका ४२ जिल्लाका ३ सय ८९ स्थानिय तहमा कार्यक्रम लागु भएको थियो । कार्यक्रमका अध्यक्ष एवम समन्वय प्रमुख महादेव बडू (कश्यप) ले जिल्लामा लागुहुने जतिपनि कार्यक्रमहरु परिवर्तनका लागि हुने भन्दै सुआहाराले पोषणको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको वताए । जिल्लाका ९ वटै स्थानिय तहका ६१ वटै वडाहरुका नागरीकहरुलाई कृषि, पोषण, स्वास्थ्य क्षेत्रमा जनचेतना लगायत थुप्रै असल कार्यमा चेतना विकास गरेको धारणा राखे ।
कार्यक्रममा सरोकारवलाहरुले सुआहारा तेस्रो कार्यक्रम संचालनमा आए स्थानिय गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय सँग समन्वय गरेर संचालन गर्न सुझाव दिए । यसैविच सुआहारा दोस्रो कार्यक्रमको सफलकार्यान्वयनमा सहयोग गर्ने सि.आर.डि.एस नेपाल दार्चुलालाई सम्मानपत्रले सम्मान गरेको छ । कार्यक्रममा जिल्ला स्थित सरोकारवलाहरुको उपस्थिति रहेको थियो ।
