कञ्चनपुर असोज ०७ । नेपाली कांग्रेस कञ्चनपुर जिल्ला क्षेत्र नम्बर २ का यूवा नेता सुरज कुमार विष्टले १४ औं महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी घोषणा गरेका छन्।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ बन्साहका बिष्ट विगत २०५८ देखि नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध रहेका छन् । विद्यार्थी जीवनको आफ्नो राजनीतिक यात्रा तय गरेका विष्ट शिक्षा क्याम्पस काठमाण्डौंको नेपाल विद्यार्थी संघको सह–सचिब हुँदै २०६५ सालमा उप सभापति २०६६ साल देखि कार्यबाहक सभापती समेत समालेका उनी ११ औँ महाधिवेशनमा नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यमा उमेदवारी , कञ्चपुरमा महाकाली अञ्चल अस्पताल व्यवस्थापन समितिका सदस्य र २ वर्ष शिक्षा क्याम्पस काठमाण्डौंमा उपप्राध्यापक लगायत थुप्रै अनुभव बटुलेका बिष्ट विद्यार्थी राजनीति देखि नै विभिन्न आरोह अवरोह तथा संघर्ष गर्दै आएका विद्यार्थी नेताका रुपमा चिनिन्छन् । ,

विष्ट आशन्न महाधिवेशन मार्फत पार्टीको राजनीतिमा आफुलाई स्थापित गर्ने संकल्प सहित नेपाली काँग्रेसको पार्टि संरचनालाई वडास्तरबाटै सुदृढ गर्न चाहेको र बिष्टले पार्टिभित्र योगदान गरेका कार्यक्रताको मुल्यांकन गर्दै उनिहरुलाई उचित स्थान समेत दिने खाका समेत तयार गरेका छन । त्यस्तै बिष्टले नेपाली कांग्रेसलाई बिधि र बिधान संगै अगाडी बढाउँदै सुढृड र सक्षम कांग्रेस बनाउन आफ्नो उम्मेद्धारी रहेको बताएका छन् ।

बिष्टले पछिल्लो समय नेपाली कांग्रेस बिधि र बिधान बिपरीत जाँदै गरेको प्रति संकेत गर्दै उहाँले पार्टिमा गुटबन्दी हुन नदिने गरी काँग्रेसलाई अघि बढाउने आफ्नो योजना रहेको कुरा बताए । पार्टी भित्र यूवाहरु नेतृत्वमा आउनुपर्ने कार्यक्रताको माग अनुसार नै यसपटक आफ्नो उम्मेद्धारी घोषणा गरेको बिष्टले बताए। आफु केन्द्रिय माहाधिवेसन प्रतिनिधि पदमा बिजयि भएको खण्डमा यूवाहरुकै चाहाना बमोजिम पार्टिभित्र काम गर्ने उहाँले प्रतिबद्धता समेत जनाएका छन् ।

त्यस्तै उनले आफ्नो उम्मेदवारीले युवा प्रतिनिधित्व रहने र आफुले निर्वाचित भएसंगै समग्र क्षेत्रको विकास, समृद्धि र जिम्मेवार काङ्ग्रेस बनाउन आफ्नो योगदान रहने बताउँदै सम्पुर्ण क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुलाई सहयोग गर्न समेत आग्रह गरेका छन्।


विज्ञापन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय