दार्चुला । सनिवार राती ८ बजे चट्याङ लागेर घाइते भएकाहरूलाई दुहु गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।  जिल्लाको व्याँस गाउँपालिका-२ हुम्दुम्ति क्षेत्रमा यार्सागुम्बा खोज्न गएको बेला चट्याङ लागेर घाइते भई हाल काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचाररत दार्चुला जिल्ला दुहुँ गाउँपालिका २ हिकिलाका महेश बडाल, दुहु गापा १ बास्पालीका आन सिंह महर र उहाकै श्रीमती पानमती महरलाई दुहु गाउँपालिकाले तत्काल राहतस्वरुप जनही २०/२० हजारका दरले जम्मा आर्थिक सहयोग गरेको छ ।

दुहु गाउँपालिकाले उपलब्ध गराएको उक्त रकम दुहुँ गाउँपालिका वडा नम्बर ५ गरमोरा घरभई हाल काठमाडौं बस्नुहुने अधिवक्ता कृष्ण महराले हस्तान्तरण गर्नुभएको थियो ।तिनै जना घाइतेहरुको स्वास्थ्य अवस्था सुधारोन्मुक रहेको अधिवक्ता महराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय