मूल गणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने
दार्चुला असोज ०७ । जनगणना २०७८ का लागी गाउँगाउँमा सुपरिवेक्षकको टोली परिचालन भएको छ । यहि भाद्र ३० गते देखी असोज १८ गते सम्म पहिलो चरणमा सुपरिवेक्षकहरुले प्रत्येकको घरघरमा गई तथ्याङक संकलन र लागत लिई घरभित्तामा घर नम्वर स्पष्ट देखिने गरी लेख्ने भएका छन । २०७८ बैशाख २५ गते देखी शुरु हुने भनिएको जनगणना कोरोना भाईरसका कारण रोकिएको थियो । यहि भाद्र २१ गते मन्त्रीपरिषद्को वैठकको निर्णयले नयाँ कार्यतालिका स्वीकृत गरि जनगणनाको पहिलो चरण सुरु गरेको हो ।
जिल्ला भरी अहिले ४९ जना सुपरिवेक्षकहरु परिचालन गरिएको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए । मूल गणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने पाण्डेले वताए । एक जना सुपरिवेक्षकले ५ सय देखी ६ सय घरहरुको तथ्याङक संकलन गर्ने छ । जिल्लामा जनगणना कार्यालय दार्चुला, स्थानिय जनगणना कार्यालयल मालिकार्जुन ८ पस्ती र स्थानीय जनगणना कार्यालय शैल्यशिखर ९ गोकुलेश्वर रहेका छन । जनगणना कार्यालय दार्चुलाले जिल्लाको महाकाली नगरपालिका, दुहुँ गाउँपालिका, ब्याँस गाउँपालिका र नौगाड गाउँपालिका हेर्ने छ ।
पस्तीले लेकम गाउँपालिका र मालिकार्जनु गाउँपालिका हेर्ने भएको छ भने गोकुलेश्वरले अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिका हेर्ने भएको छ । मूल गणनाका लागी जिल्लामा १ सय ८३ जना गणकहरु परिचालन हुने कार्यालयका सुचना अधिकारी जनक सिह बोहराले जानकारी दिए । यसपालिको जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिताः राष्ट्रिय जनगणना, २०७८’ रहेको छ । देशैभरी ४९ हजार गणक र ८ हजार सुपरिवेक्षक परिचालन हुने भएका छन् ।
विज्ञापन