दार्चुला असोज ०७ । अस्पताल क्षेत्र अगाडिको सडकमा थुपारिएको माटो ढुङगा निर्माणको कार्य सकिएको महिनौ वित्दा पनि ठेकेदार कम्पनिले हटाएको छैन । जिल्ला अस्पताल दार्चुलाको लासघर निर्माणको योजना सम्पन्न भएको महिनौ वित्दा पनि ठेकेदार अर्जुन ओखेडाले सडकमा थुपारिएको माटो, डुङगा नफाल्दा यातायातका साधन देखी लिएर पैदल यात्रीलाई सडक वाटोमा हिड्न समस्या भएको छ ।
यसै विषयमा विहिवार प्राज्ञिक विद्यार्थी परिषद् नेपाल दार्चुलाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरि समस्या सामाधानको गरिदिन आग्रह गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल दार्चुलाका जिल्ला संयोजक नविन जोशीद्धारा हस्ताक्षरित निवेदनमा ठेकेदार कम्पनिका सञ्चालक लाई तुरुन्त पत्राचार गरी सडकमा थुपारिएको माटो तत्काल हटाईदिन भनिएको छ ।


विज्ञापन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय