दार्चुला । दार्चुलाको नाैगाड गाउँपालिका-३ जामिरमा सिलिण्डरको ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका ८० वर्षीय अमर सिंह ठगुन्नालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौकाे किर्तिपुर अस्पतालमा लगिएको छ ।
आज बिहान चियाँ पकाउने क्रममा ग्यासँ सिलिण्डर लिकं भई आगलागी हुदा ठगुन्ना गम्भीर घाईते हुनुभएकाे थियाे ।
स्थानीय हरुकाे सहयाेगमा केही बेरमै आगलागि नियन्त्रणमा लिईएकाे र घाईतेलाई बिहानै उपचारका लागि गाेकुलेश्वर अस्पतालमा पुर्याएपनि उपचार सम्भव नभएपछि सेनाकाे हेलिकप्टरबाट काठमाडौं लगिएकाे पारिवारिक श्रोत ले जनाएकाे छ ।
