कैलाली। भु-स्वर्गकारुपमा परिचित खप्तड क्षेत्रमा जेठ १६ गते शुक्ल पक्ष दशमीमा लाग्ने गंगा दशहरा मेलालाई लक्षित गर्दै हाई अल्टिच्युट खप्तड शैलेश्वरि खुला म्याराथन प्रतियोगिता पुरुष र महिला हाप म्याराथन लगायत अन्य प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ।

धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरिपुर्ण खप्तडलाई हाई अल्टिच्युट म्याराथन प्रतियोगिताका माध्यमले देश बिदेशमा चिनाउने उद्देश्यले सुदुर पश्चिम खेलकुद परिषद कैलाली र उद्योग बाणिज्य संघ डोटीको आयोजना तथा नेपाली सेनाको व्यवस्थापनमा संचालन गरिने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको उक्त प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी पाएको भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले जानकारी दिए ।

खप्तड क्षेत्रमा जेष्ठ १३ गतेबाट संचालन गरिने घोडादौड,भलिबल र देउडा प्रतियोगिता संचालनका लागी आयोजक र व्यवस्थापकको टिम प्रतियोगिता संचालनका लागी आवश्यक सामाग्री सहित आज खप्तड क्षेत्रमा प्रस्थान गरेको उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नरेन्द्र बहादुर खडकाले बताए ।

जस अनुसार जेष्ठ १३ देखि १६ गने सम्म खप्तड क्षेत्रमा भलिबल ,देउडा,घोडा दौड प्रतियोगिता सन्चालन हुने छ्न। १६ गते जिल्ला सदरमुकाम सिलगढिको टुडिखेलमा सुदुर पश्चिमको कला संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम गरिनुका साथै जेष्ठ १७ गते पुरुष हाइअटिच्युट म्याराथन खप्तड देखि डोटीको शैलेश्वरि मन्दिर सम्म,महिला म्याराथन डोटीको झिग्राना देखि शैलेश्वरि मन्दिर सम्म हुने र १७ गते नै प्रतियोगिता समापन गरिने छ भने म्याराथन प्रतियोगिता संचालन अवधि भर संभावित जोखिम लाई ध्यानमा राखी हेलिकप्टर गस्ति पनि गरिने छ।

खप्तड९ शैलेश्वरि म्याराथन ४२ किलोमीटर पुरुष तर्फ प्रथम हुनेले १ लाख २५ हजार दोस्रो हुनेले ८० हजार तेस्रो हुनेले ५० हजार नगद र महिला तर्फ प्रथम हुनेले ५० हजार दोस्रो ले ३० हजार र तेस्रो हुनेले २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

हाई अल्टिच्युट म्याराथन प्रतियोगितामा १०० जना सहभागिता रहने छ भने बिदेशी खेलाडीहरुको पनि सहभागीता रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय