दार्चुला असोज ०८ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले लेकम गाउँपालिकाको केन्द्र रातामाटामा सुरक्षाका लागि प्रहरी चौकी स्थापना गरेको छ । लेकम गाउँपालिकाको केन्द्र रातामाटामा विहिबार एक औपचारीक कार्यक्रमका विच प्रहरी चौकीको उद्धघाटन गरिएको हो । प्रहरी सहायक निरीक्षक नारायण बिष्टको नेतृत्वमा १० जना नेपाल प्रहरीको टोली खटिएको प्रहरी निरीक्षक एवंम सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले वताए । प्रहरी चौकीका लागि गाउँपालिकाले भवन उपलब्ध गराएको छ । वडा नम्बर ४ का कार्यबाहक वडाध्यक्ष कृष्ण पन्तको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष परमानन्द जोशीको प्रमुख आतिथ्यतामा चौकी उद्घाटन गरिएको हो । चौकी उद्घाटनका लागी जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टको टोली लेकम गाउँपालिकामा पुगेको थियो । लेकम गाउँपालिकाको मागमा जिल्ला सुरक्षा समितिको सिफारिस तथा गृह मन्त्रालयको अनुमतिममा प्रहरी चौकी स्थापना गरिएको हो । रातामाटामा सुरक्षा व्यवस्थापन र भौतिक पुर्वाधारको अभाव रहेकाले लेकम गाउँपालिकाको प्रसासकिय कामकाज खरकडाबाट सन्चालन भईरहेको छ ।
दार्चुलामा जिल्ला प्रहरी कार्यालय १, ईलाका प्रहरी कार्यालय ४, सीमा प्रहरी चौकी २, प्रहरी चौकी १६, अस्थायी प्रहरी पोष्ट ८ र सामुदायिक प्रहरी पोष्ट १ वटा रहेका छन् । अब ब्याँसको कौवा क्षेत्रमा प्रहरी चौकी र लेकममा अस्थायी प्रहरी पोष्ट स्थापना गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विज्ञापन
पिपलचौरी माध्यामिक विद्यालय दुहुँ १ को शिक्षक भर्ना सम्वन्धि सुचना