दार्चुला असोज ०८ । जिल्लाको ब्यास गाउँपालिकामा किसानले लगाएको बालीको मात्रा परिक्षण गरिदै छ । गाउँपालिका कृषि शाखाले किसानको बारीको क्षेत्र निर्धारण गरि उत्पादनको मात्रा परिक्षण गरिन लागेको हो ।
किसाले लगाएको खेती बालीको क्षेत्रफल अनुसार किसानलाई चाहिने खाद्यान्नको परिमाण बारे तथ्याङ्क लिने काम भइरहेको व्यास गाउँपालिका कृषि शाखा प्रमुख विशेश्वरप्रसाद बडुले बताए ।
गाउँपालिकालकाई खाद्यान्नमा आत्मनिर्भर गर्न के कस्ता कार्यक्रम र उत्पादन लगाउँदा ठिक हुन्छ भन्नेबारेमा तथ्यांक निकालिनेछ । अहिले कृषि शाखाले धानबालीको सुनसेरा, मकैबालीको हुती, कोदोको धौलाकोट, राज्माको राप्ला र आलु र राज्माको सिनामा उत्पादन परिमाण हेरिने बडुले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय