दार्चुला असोज ०८ । जिल्ला सदरमुकाम खलंगाको बजार क्षेत्र अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक ज्योत्स्ना भट्ट नेतुत्वको टोलीले खलंगा बजार क्षेत्रमा संचालनमा रहेका पसलहरुको अनुगमन गरेको छ । चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गरिएको वताईएको छ ।
अनुगमनका क्रममा अखाद्य बस्तु विक्री वितरण गर्दै आएका खलंगाका दुई जना व्यापारीलाई जरिवाना गरिएको छ । जिल्ला सदरमुकाम खलंगा बजार क्षेत्रमा किराना पसल संचालन गर्दै आएका हंस ट्रेडर्स एण्ड सप्लायर्स र दिनेश मासु पसल एण्ड फ्रेस हाउसका संचालकलाई जनही १५÷१५ हजारका दरले जरिवाना गरिएको अनुगमन समिति संयोजक भट्टले वताए ।
शुक्रवार विहान गरिएको बजार अनुगमनमा उनिहरुले संचालन गर्दै आएको पसलमा अखाद्य बस्तु विक्री वितरणका लागी राखेको पाइएकाले “उपभोक्ता संरक्षण ऐन, २०७५” बमोजिम जरिवाना गरिए छ ।
दिनेश मासु पसल एण्ड फ्रेस हाउसबाट अन्दाजी ३० किलोग्राम सडेको मासु बरामद गरिएको तथा हंस ट्रेडर्स एण्ड सप्लायर्सबाट म्याद नाघेको २५ किलोग्राम पापड र ५ किलोग्राम नरिवल बरामद गरी नष्ट गरिएको बताइएको छ । खलंगाको बिच बजारका २० ओटा पसलहरुमा गरेको अनुगमनबाट टोलीले अन्य विभिन्न प्रकारका म्याद नाघेका अखाद्य बस्तु बरामद गरी नष्ट गरेको उनले वताए ।
टोलीले विभिन्न किराना पसलहरुबाट महेश स्वादिष्ट नमकिन ८३ प्याकेट, विभिन्न परिकारका मसला ६५ प्याकेट, केक २४ प्याकेट, बेसन १ प्याकेट, मसुर दाल २ केजी, सुजी ११ केजी, कोदो ३ केजी, पिठो २ सय ९५ केजी, कोकाकोला ३ लिटर, लुटलो नमकिन ५ प्याकेट, परी १६ गोटा, आन्टी मटर १० गोटा, स्वीइट सुपारी २ प्याकेट, पानछाप १ प्याकेट र हाइ क्लास तम्बाकु १ प्याकेट बरामद गरी नष्ट गरिएको वतार्र्ईएको छ ।
“उपभोक्ता संरक्षण ऐन, २०७५” मा भएको व्यवस्था अनुसार उपभोक्ता हक हित संरक्षणका लागी टोलीले आकस्मिक बजार अनुगमन तथा निरिक्षण गरेको उनको भनाई छ ।
बजार अनुगमन गरिएका सबै जसो पसलहरुले मुल्य सुची भने स्पष्ट रुपमा राखेको पाइएको बताइएको छ । उपभोक्ता सचेत भए अखाद्य बस्तुको विक्रि वितरण आफै कम भएर जाने सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समिति संयोजक भट्टले बताउ ।
साथै उनले म्याद नाघेका तथा अखाद्य बस्तु विक्री वितरण भइरहेको पाए तुरुन्त जिल्ला प्रशासन कार्यालयमा सुचना दिन अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय