लेकममा चुनाववाट, वाकीमा पनि चुनाव हुने सम्भावना प्रचुर
दार्चुला असोज ०९ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दार्चुलाका चार स्थानिय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । लेकम गाउँपालिकामा चुनाव वाट नेतृत्व चयन भएको कांग्रेस दार्चुलाले जनाएको छ । लामो छलफल पछि जिल्लाको मार्मा, मालिकार्जुन, अपिहिमाल र नौगाड गाउँपालिकामा सबै पदहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको र लेकममा सवै पदका लागी चुनाव भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललित सिंह बोहराले जानकारी दिए ।

बाकी चार स्थानिय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयनका लागी छलफल भइरहेको र सहमति हुन नसकेको उनले वताए । सर्वसम्मत नेतृत्व चयन भएका चार स्थानिय तह मार्मा गाउँपालिकामा धनन्जय जोशी, मालिकार्जुन गाउँपालिकामा किसन सिंह सामन्त, अपिहिमाल गाउँपालिकामा शोभन सिंह लोथ्याल र नौगाड गाउँपालिकामा प्रेम सिंह धामी गाउँपालिका सभापतिमा सर्वसम्मत रुपले चयन भएको सभापति बोहराले जानकारी दिए । लेकममा सभापति कमलापती मिश्र निर्वाचित हुनुभएको छ ।

सर्वसम्मत रुपमा नै सभापती र अन्य पदहरुको टुगों लगाउन महाकाली, शैल्यशिखर नगरपालिका, दुहुँ गाउँपालिका र ब्याँस गाउँपालिकामा छलफल भइरहेको वताईएको छ । बाकी रहेका यि स्थानिय तहहरुमा सभापतिका आकांक्षी बढी भए पछि सर्वसम्मत रुपमा नेतृत्व चयनमा केहि ढिलाई भएको वताईएको छ ।

त्यस्तै दुहुँ गाउँपालिकामा २ वटा सभापति पदका उम्मेदवार रहेका छन । नरेन्द्र कुवर र तेज वहादुर वमले उम्मेदारी घोषणा गरेका हुन । सहमतिमै नेतृत्व छान्ने तयारी भैरहेको कांग्रेस दुहुँले जनाएको छ । सकेसम्म सहमतिमै नेतुत्व चयन हुने नभएको आईतवार विहान निर्वाचन हुने निर्वाचन अधिकृत दान सिह धामीले जानकारी दिए । दुहुँ गाउँपालिका सभापती दिलिप सिह कार्कीको सभापतित्वमा प्रथम गाउँपालिका अधिवेशन उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्यसहसचिव एवंम दुहुँ गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशी रहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय