प्रेमराज जोशी दार्चुला १० । दुहुँ क्षेत्रको शव जलाउने मसानघाट १३ गते रातीको बाढी र पहिरोले भासिदा शव जलाउन समस्या भएको छ । दुहुँ क्षेत्रको शव जलाउने प्रशिद्ध धार्मीक स्थल भाडी बस्कोट सम्म जाने बाटोघाट पुर्ण रुपमा प्रभावित भएकाले अहिले शव चलाउन समस्या भएको स्थानियले वताएका छन । अहिले सव जलाउने ठाउँ समेत परिवर्तन भएको छ ।

स्थानीय मोहन बहादुर बमको पसल छेउमै सव जलाईरहेका छन । तत्काल स्थानिय सरकारले बाटोघाटो वनाई पुरानै ठाउँमा सव जलाउने ब्यवस्था गर्नुपर्नेमा स्थानियले जोड दिएका छन । मेरो वस्ने स्थान हो भोलीका दिन सम्म पनि बाटोघाटो नवने यहि नै जलाउन्छन घर नजिकै ठिक हुदैन तत्काल बाटो खुल्न पर्छ र पुरानै ठाउँमा शव जलाउनु पर्छ स्थानिय मोहन बहादु बमले भने ।

यसै विच भाडि क्षेत्रको प्रशिद्ध धार्मीक तिर्थ स्थल तातोपानि वाढी र पहिरोले गायव भएको छ । समैजी मन्दिरको अवस्था पनि नाजुक रहेको छ । भाडी क्षेत्रमै स्थानिय मोहन बहादुर बमको ६ कोठे पक्की घर, १ कोठे वाख्रा पालन उद्योग, १ कोठे कुखुरा पालन उद्योग, २ रोपनी खेती योग्य जमिन ५० सौ भारीको खर फागलो, पक्की शैचालन पुर्ण रुपमा क्षति भएको छ । मोहन सिह ऐरीको ४ कोठे जस्तापाताले छाएको भवन र ४ रोपनि खेती योग्य जमिन तहसनहस भएको छ ।

त्यस्तै लाल बहादुर बमको ४ कोठे भवन ३ रोपनी जमिन, प्रकाश बहादुर बमको ४ कोठे भवन १० रोपनी वढी जमीन, लोकेन्द्र बहादु बमको ४ कोठे भवन ६ रोपनी खेतीयोग्य जमिन र ३८ रोपनी खर फागलो पुर्ण रुपमा क्षति भएको छ ।

लगातार भइरहेको बर्षाले दुहुँ गाउँपालिका वडा नम्वर १ पिपलचौरी विजयपुरमा पनि कर्ण वहादुर कुवरको लाखौको क्षति गरेको छ । यहि असोज ३ गते रातिको बर्षाका कारण ६ कोठे पक्की घर, पक्की शैचालय, फलफुल वगैचा, ६ रोपनी खेती योग्य जमिन, ५ रोपनी खर फागलो खाने पानिको धार पुर्ण रुपमा क्षति भएको छ । वस्न उपयुक्त नभएकाले कुवरको परिवार अहिले आफन्तकोमा आश्रय लिईरहेका छन ।


विज्ञापन


पिपलचौरी माध्यामिक विद्यालयको शिक्षक भर्ना समवन्धि सुचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय