असोज, काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन जारी गरेपछि झण्डै ६ महिना बन्द भएको आन्तरिक हवाई सेवा आजबाट सुरू भएको छ ।

आज बिहान ७ बकारले आन्तरिक व्यवसायिक उडानलाई अनुमति दिएसँगै आजबाट आन्तरिक हवाई सेवा सुरु भएको हो ।

आगामी ९ दिनसम्म साविकको तुलनामा २५ प्रतिशत हवाई उडान हुनेछन् । सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य सतर्कता अपनाएर हवाई यात्रा सेवा भएको विमानस्थल कार्यालयले जनाएको छ । १ अक्टोबरपछि भने उडान तालिका मागका आधारमा थपघट हुनेछ ।

पहिलो चरणमा दैनिक ४३ वटा उडानलाई अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । आजबाट सुगममा बुद्ध एयरले १६, यतीले १०, श्रीले ६ तथा सिम्रिक र सौर्यले १–१ उडानको अनुमति पाएका छन् ।

जे काकारले आन्तरिक व्यवसायिक उडानलाई अनुमति दिएसँगै आजबाट आन्तरिक हवाई सेवा सुरु भएको हo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय